बेलबारीस्थित पुर्व पश्चिम राजमार्गमै भेटियो शक्तिशाली बम, पुर्व नै आतंकित
Uttari Morang
बिप्लब नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले मोरङको बेलबारी १० स्थित चिसाङ खोलाको पुलको पश्चिमपट्टी महेन्द्र राजमार्गको बिच भागमा कुकर बम राखेका छन् ।
नेेपाल बन्द घोषणा गरिएको दिन बिहीबार दिउँसो करिब डेढ बजेेेेतिर सडकमा आवातजावत गरिरहेका यात्रुहरुलाई रोकेर बिप्लव नेतृत्वको माओबादीका कार्यकर्ताहरुले कुकर बम राखेका हुन् । बम राख्नेेहरुले यात्रुहरुलाई राजमार्गमा बम राखिएले त्यहाँ नजान भनेको र त्यसपछि जंंगलतिर भागेेको गप्रत्यक्षदर्शीले बताएका छन् ।
सडकको बिचमा कुकर बमलाई रातो टेपले बाँधेर करिब २० मिटरको तार समेत जोडी कार्यकर्ताहरु जंगल पसेका थिए । सोही ठाँउमा ईलाका प्रहरी कार्यलय बेलबारीको टोली,पथरीको टोली घटनास्थलमा पुगेपनि राजमार्ग धेरैबेर अबरुद्ध भयो ।
सो क्षेत्रमा बम जस्तै शंकास्पद बस्तु फेला परेको र नेपाली सेनाको प्राबिधिक टोलीलाई खबर गरी डिस्पोजको प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राइले बताए ।






