२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पुर्वी पहाडमै पहिलोपटक धनकुटामा आधुनिक मेसिनबाट आंँखाको शल्यक्रिया हुने

Author Uttari Morang
शनिबार, चैत्र ०९, २०७५
पुर्वी पहाडमै पहिलोपटक धनकुटामा आधुनिक मेसिनबाट आंँखाको शल्यक्रिया हुने

पूर्वी पहाडमा नै पहिलो पटक नेपाल नेत्र ज्योति संघ धनकुटाद्धारा संचालित रामप्रसाद आंँखा अस्पताल धनकुटाले आधुनिक मेसिनबाट आंँखाको अप्प्रेशन (शल्यक्रिया) शुरु गर्ने भएको छ ।
आंँखा उपचार सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउने उदेश्यले सो अस्पतालले आगामी सोमवारदेखि पहिलो पटक फेको मेसिनबाट मोतिया बिन्दुको अप्रेसन शुरु गर्ने नेपाल नेत्र ज्योति संघ धनकुटाका सभापति दोर्ण गुरगाईले वताए ।
धनकुटामा संचालित रामप्रसाद आंँखा अस्पताल र इटहरीमा संचालित आंँखा उपचार केन्द्रलाई साधन स्रोत सम्पन्न बनाई अझ व्यवस्थित र प्रभावकारी बनाउनका लागि सेवा फाउण्डेशनको सहयोगमा आंँखाको शल्यक्रिया गर्ने फेको मेसिन खरिद गरिएको नेपाल नेत्र ज्योति संघ धनकुटाका उपाध्यक्ष रोशेष श्रेष्ठले वताए ।
धनकुटामा नै अध्याधुनिक मेसिनबाट आंँखाका शल्यक्रिया गरिने भएपछि अन्धोपन निवारणमा महत्वपूर्ण सहयोग पुग्ने र आंँखाको उपचारमा सहजता आई पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्थुम, भोजपुर, संखुवासभा लगायतका जिल्लाहरुलाई प्रत्यक्ष फाईदा पुग्ने नेपाल नेत्र ज्योति संघ धनकुटका प्रचार प्रसार समितिका संयोजक तथा शिविर समन्वय समितिका संयोजक विजय सन्तोषी राईले वताए ।
रामप्रसाद आंँखा अस्पताल धनकुटाले पूर्व पहाडमा नै पहिलो पटक धनकुटामा फेको मेसिनबाट गरिने शल्यक्रिया प्रभावकारी र गुणस्तरीय हुने र अन्यन्त्र भन्दा कम अत्यन्तै सस्तो ५ हजार देखी ८ हजार रुपैयांँ मात्र शल्यक्रिया शुल्क लिइने नेपाल नेत्र ज्योति संघ धनकुटाका सभापति दोर्ण गुरागाईले वताए । – विजय राई,धनकुटा