२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पारिवारिक तनावका कारण उत्तरी मोरङमा १५ बर्षिय वालकले गरे आत्महत्या

Author Uttari Morang
बिहिबार, चैत्र १४, २०७५
पारिवारिक तनावका कारण उत्तरी मोरङमा १५ बर्षिय वालकले गरे आत्महत्या

उतरी मोरङको केराबारी गाउँपालिका-२ सिंहदेवी निवासी जसमान राईको १५ वर्षीय छोरा सबिन राईले झुन्डिएर आत्महत्या गरेका छन् ।
बुधबार साझँ ५ बजे आफ्नै घरको एक कोठामा झुन्डिएको अबस्थामा उनी फेला परेका हुुन् । मृतक बालक कल्याणकारी माविमा कक्षा ९ मा अध्ययनरत रहको शिक्षक डब्लुबिक्रम खाण ठकुरीले बताए ।

बालकको आमा केही वर्ष अगाडि अर्कैसँग भागेको र यहीँ वर्ष मात्रै बुबाले अर्की आमा बिबाह गरेको स्थानीय बताउँछन् । मृतकका बाबु हाल वैदेशिक रोजगारमा छन् । एक्लोपना र पारिवारिक तनावका कारण वालकले आत्महत्या गरेको हुनसक्ने स्थानीय बासिन्दाले बताएका छन्  । यद्यपी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।