२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

सुकुना क्याम्पसका प्राध्यापकमाथि आक्रमण

Author Uttari Morang
बिहिबार, चैत्र १४, २०७५
सुकुना क्याम्पसका प्राध्यापकमाथि आक्रमण

मोरङको सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक केशव भट्टराईमाथि  आक्रमण भएको छ ।
नेपाली काङ्ग्रेसका महासमिति सदस्य तथा प्रदेश सांसद लोकप्रसाद संग्रौला अर्का युवानेता ललित श्रेष्ठ ,नेपाली काङ्ग्रेस प्रदेश सचेतक केदार कार्की लगायतको नेतृत्वमा आएको समुहले बुधबार बेलुकी आक्रमण गरेकोो भट्टराईले बताएका  छन् । आक्रमणबाट उनको  छाती र पेटमा चोट लागेको बताइएको छ ।

बेलुकी डिग्रीको कलास सकेर भाइवाको लागि क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठसंग छ्लफल गरि क्याम्पस परिसरबाट बाहिर निस्किने क्रममा आक्रमण गरेको प्राध्यापक भट्टराईले बताए । राजनीतिक रुपले नेतृत्व तहमा पुगिसकेका नेताकैै अगुवाईमा आएको समुहबाट आक्रमण हुनु अनपेेक्षित र  दुुु:खद भएको उनले बताए ।
भट्टराई बिगत २५ बर्षदेखी सुकुना बहुमुखी क्याम्पसमा अध्यापन गराउदै आएका प्राध्यापक  हुन ।  प्राध्यापकमाथि  आक्रमण हुनु निन्दनीय भएको प्राध्यापकहरुले बताएका छन् । पब्लिक क्याम्पस प्राध्यापक संघ सुकुना इकाई समितिले घटनाको भर्त्सना गरेको छ । अध्यक्ष बलराम पोख्रेलले निकालेको बिज्ञप्तिमा घाइते विद्यार्थीको स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

उता नेपाली काङ्ग्रेसका एक नेताले भने बुधबार बिहान नेबिसंघका नेताहरूमाथि अनेरास्ववियुको आक्रमण भएको घटनाबारे बुझ्न मात्र गएको र आक्रमण नगरेको जिकिर गरेका छन् ।
प्रदेश नम्बर १ को ठुलो क्याम्पसहरु मध्येको सुकुना बहुमुखी क्याम्पसमा १ सय बढी प्राध्यापकहरु कार्यरत छन् ।