२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

नेविसंघद्वारा बिराटचोकमा बिरोध प्रदर्शन, सुकुना क्याम्पसका प्रमुखको राजीनामा माग

Author Uttari Morang
सोमबार, चैत्र १८, २०७५
नेविसंघद्वारा बिराटचोकमा बिरोध प्रदर्शन, सुकुना क्याम्पसका प्रमुखको राजीनामा माग

सुकुना क्याम्पसमा भएका बेतिथिको बिरोध गर्दा आफ्ना कार्यकर्तामाथि सांघातिक आक्रमण भएको भन्दै नेबिसंघ र नेपाली कांग्रेस सम्बद्द नेता कार्यकर्ताले सोमबार बिराटचोकमा बिरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले  सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले नैतिकताको आधारमा राजीनामा नदिए गलहत्याएर कुर्सीबाट हटाउने चेतावनी पनि दिएका छन ।

नेबिसंघ क्षेत्र नम्बर ३ को आयोजनामा सोमबार बिराटचौकमा भएको बिरोध र्यालीपछिको सभामा नेपाली काँग्रेसका मोरङ अध्यक्ष डिगबहादुर लिम्बुले शिक्षा ऐनबिपरित दोहोरो सेवा सुबिधा लिने र सोही कुराको बिरोध गर्दा नेबिसंघका बिद्यार्थीहरुमाथि सांघातिक हमला गर्न अखिललाई उक्साउने श्रेष्ठले नैतिकताको आधारमा राजीनामा दिनु उत्तम बिकल्प भएको बताए । उनले अखिलका बिद्यार्थी प्रयोग गरी नेबिसंघका बिद्यार्थीमाथि भएको सांघातिक हमलाको खेद समेत ब्यक्त गरेका छन ।

सभामा नेपाली काँग्रेसका नेता तथा प्रदेश १ का प्रदेश सभा सांसद सुर्यामाराज राई र लोकप्रसाद संग्रौलाले नेकपाको दुई तिहाईको दम्भ देखाउँदै क्याम्पसलाई पार्टी कार्यालय बनाउने र बिरोध गर्दा आक्रमण गर्नेहरुको ज्यादती सहेर नबस्ने भन्दै क्याम्पस प्रमुखले सोही घटनाको जिम्मेवारी लिँदै राजीनामा नदिए गलहत्याएर कुर्सिबाट हुत्याउने चेतावनी दिए ।

उनीहरुले नेबिसंघलाई कमजोर नसम्झिन् चेतावनी समेत दिए । संग्रौलाले यहि क्षेत्रबाट निर्बाचित कानुनमन्त्री भानुभक्त ढकालको यस्तै हर्कत कायम रहे यो क्षेत्रबाट उनी बढारिएर आफै जाने समेत बताए ।
कार्यक्रममा नेबिसंघका पुर्ब पदाधिकारीहरु, क्षेत्र नम्बर ३ का सभापति होमनाथ पोख्रेल लगायतले बोलेका  थिए ।उनीहरूले सुकुना क्याम्पसका केही प्राध्यापक अखिल कार्यकर्ता बनेको भन्दै स्वबियु  चुनाव लड्न चुनौती दिए ।

कार्यक्रम शुरु हुनुअघि नेबिसंघको आयोजनामा भएको र्यालीले क्याम्पसदेखि खोर्साने, क्याम्पसमोड हुँदै क्याम्पसको गेटमा पुगेर नाराबाजी गर्दै बिराटचोकमा पुगी कोणसभामा परिणत भएको थियो । कार्यक्रम नेबिसंघ सुन्दरहरैचाका सभापति गोपाल कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।