२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

धनकुटाका सातवटै स्थानीय तहमा सकियो नेकपाको पार्टी एकता

Author Uttari Morang
बुधबार, चैत्र २०, २०७५
धनकुटाका सातवटै स्थानीय तहमा सकियो नेकपाको पार्टी एकता

ईश्वर थापा, धनकुटा । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता स्थानीय तहसम्म पुग्न थालेको छ ।

नेपाल कम्युनिस्ट पार्टी बनेको १० महिनापछि  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता तल्ला तहसम्म पुगेको हो । त्यस क्रममा धनकुटाको सात वटै स्थानीय तहका पार्टी कमिटीका सदस्यहरुले सपथ लिएका छन् । धनकुटाबाट नेकपाका एक मात्र केन्द्रिय सदस्य हेमराज भण्डारी लगायत प्रदेश कमिटी सदस्यहरुले सोमबार सात वटै स्थानिय तहमा सपथ गराएका हुन् ।

तीन नगरपालिका र ४ गाउँपालिका रहेको धनकुटामा पूर्व एमालेले धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका, साँगुरीगढी गाउँपालिका, छथर जोरपाटी गाउँपालिका र शहिदभुमी गाउँपालिकाको नेतृत्व पाएको छ । त्यसैगरी  महालक्ष्मी नगरपालिका र चौबिसे गाउँपालिकाको नेतृत्व पूर्व नेकपा माओवादी केन्द्रले पाएको छ। 

एकीकृत कमिटी मध्ये धनकुटा नगर अध्यक्षमा अर्जुन छाराहाङ र सचिवमा खगेन्द्र विष्ट, पाख्रीवास नगर अध्यक्षमा शान्तिराम गौतम र सचिवमा मुक्ति बजगाँई, साँगुरीगढी गाउँपालिका अध्यक्षमा देवमान राई र सचिव जगत राई, छथर जोरपाटी गाउँपालिका अध्यक्षमा इन्द्र सारुमगर र सचिवमा ज्ञानेन्द्र कार्की र शहिदभुमी गाउँपालिका अध्यक्षमा निरबहादुर राई र सचिवमा मातृका राई रहेका छन ।

त्यस्तै पूर्व नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको महालक्ष्मी नगर अध्यक्षमा प्रेमबहादुर खड्का र सचिवमा विष्णुप्रसाद दाहाल तथा चौबिसे गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर खत्री र सचिवमा राजकुमार चेम्जोङले जिम्मेवारी पाएका छन् ।

पार्टीको स्थानीय तह परिचालनको लागि इन्चार्ज भने जिल्ला नेतृत्व निर्माण भएपछि मात्र तोकिने नेकपाको केन्द्रिय सदस्य हेमराज भण्डारीले जानकारी दिए।