२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

राजस्व संकलनमा अब्बल देखियो बेलबारी नगरपालिका, बिकास खर्चमा भने दुर्बल

Author Uttari Morang
आइतबार, चैत्र २४, २०७५
राजस्व संकलनमा अब्बल देखियो बेलबारी नगरपालिका, बिकास खर्चमा भने दुर्बल

बेलबारी, मोरङ  / मोरङको बेलबारी नगरपालिकाले लक्ष्य भन्दा वढी राजश्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको ८ महिनामा लक्ष्य भन्दा बढी  आन्तरीक राजश्व उठाएको नगरपालिकाले जनाएको छ । ४ करोड ११ लाख पचास हजार लक्ष्य लिएको नगरपालिकाले आन्तरीक श्रोतबाट  ४ करोड ३१ लाख ८४ हजार २४ रुपैया आन्तरीक श्रोतबाट सक्लन गरीसकेको छ ।
सम्पत्ति कर, हाटवजार कर, ब्यवसायिक कर, मालपोत तथा नक्सा पास दस्तुर वापत सो रकम उठेको हो । ‘नक्सा पासबाट २० लाख उठाउने लक्ष्य लिएका थियौ ६८ लाख उठ्यो’ नगरपालिकाका लेखा अधिकृत टेकनाथ रेग्मीले भने  । लेखा अधिकृत रेग्मीका अनुसार सम्पति करमा ६० लाख लक्ष्य लिएकोमा ६८ लाख राजश्व सकलन भएको छ । यो फागुन महिनासम्मको तथ्याक हो ।
नगरपालिकाले विभिन्न शिर्षकमा ८० करोड २ लाख १४ हजार राजश्व सक्लन गर्ने लक्ष्य लिएकोमा ८ महिनाको अवधिमा ४५ करोड ४६ लाख राजश्व सकलन गरेको छ । उक्त रकम ५७ दशमलमव ८२ प्रतिशत हो ।
गत वर्षको तुलनामा भने राजश्व वढी सक्लन भएको नगरपालिकाले जनाएको छ । लक्ष्य अनुसारको राजश्व उठ्ने प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले बताए ।  अघिल्ला बर्षहरुको तुलना गर्ने हो भने यो उपलब्धिमुलक भएको उनलेे बताए ।
फागुन महिनासम्मको खर्चको फाँटबारी अनुसार नगरपालिकाले विकास निर्माणमा भने २६ दशमलव १८ प्रतिशत खर्च गरेको छ । पुंँजीगत तर्फ ३८ करोड १५ लाख ९२ हजार १ सय ९९ रुपैयांँ बजेट नगर सभावाट छुट्याएको थियो ।
विकास निर्माण शीर्षकमा बाटो तथा पुल पुलेसाको रकम ८ महिनामा २६ दशमलव १८ प्रतिशत खर्च भएको देखिएको हो । त्यो  अघिल्ला बर्ष भन्दा वढी भएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।

कर बढेको भनेर केहि बिरोध पनि भए तर हामीले जनतालाई असर पुर्याउने गरी कर बढाएका छैनौं  मेयर ज्ञानेन्द्र सुवेदीले भने – करका दायरा मात्र बढाएका हौ ।