२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

खदामाथि प्रतिबन्ध लगाई धिमाल गलबन्दी प्रयोग गर्ने बेलबारी नगरपालिकाको तयारी 

Author Uttari Morang
आइतबार, बैशाख ०१, २०७६
खदामाथि प्रतिबन्ध लगाई धिमाल गलबन्दी प्रयोग गर्ने बेलबारी नगरपालिकाको तयारी 

उत्तम पोख्रेल/ बेलबारी नगरपालिकाले खदा प्रयोगमाा प्रतिबन्ध लगाएर अन्य  विकल्प खोज्ने भएको छ । 

नगरकै पहिलो जातिको रुपमा घोषणा गरीएको धिमाल जातिले लगाउने गलफनलाई नै खदाको रुपमा प्रयोग गर्ने बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । उनले वाह्य बस्तु भन्दा आफ्नै मौलिक र सस्कृतिसंग जोडिएका बस्तु प्रयोग गर्ने बताए । ‘हामीले विभिन्न कार्यक्रममा लगाउने खदा विदेशबाट आएका र वातावरणलाई दुसित पनि पार्ने भएकोले नगरपालिकमै चाडै खदाको प्रयोगमा रोक लगाउन सक्ने सुवेदीले बताए ।
सामाजिक तथा धार्मिक कार्यक्रममा समेत खदा प्रयोग हुने गरेको छ।  खदाले वातावरणमा समेत असर पुर्याउने गरेको विज्ञहरुको भनाइ रहेको छ ।

स्थानीय संस्कार र संस्कृतिसंँग जोडिएको बस्तुहरुको प्रबर्द्धन

आम्दानीको स्रोत समेत हुने भएकोले धिमाल जातिले बुन्ने गरेको धिमाल जातिको वोना,अल्गी, धावा, धरी, ताना जस्ता कपडाहरुको समेत संरक्षण र संंबर्द्धनका लागि  धिमाल जातिले लगाउने गलफनलाई नै खदाको रुपमा प्रयोग गर्ने उनले बताए । धिमालहरुले  लगाउने पोषाक बुन्ने औजार खरिद गरीदिने नगरपालिकाको योजना छ ।

धिमाल जातिलाई नगरपालिकाले यस अघिनै पहिलो जातिकोरुपमा घोषणा गरीसकेको छ । धिमाल जाति विकास केन्द्र वेलबारीले समेत पहिलो जातिकारुपमा धिमाललाई घोषणा गरेको भन्दै नगरपालिकाले सम्मान गरेको छ । मेयर सुवेदीलाई सम्मान पत्र दिएर सम्मान गरेको हो ।
पर्यटन प्रबर्द्धन र आयश्रोतका लागि धिमाल जाति
नगरपालिकाले धिमाल जातिको पहिचान सहितको होमस्टे संचालन गर्नका लागि अध्ययन गर्न समेत थालेको छ । बेलबारीका पर्यटकीय क्षेत्र सगै होमस्टेको अभाव भएको छ मेयर सुवेदीले भने उनीहरुको रहनसहन भेषभुषा र खानपिनबाट पर्यटकलाई तान्न होमस्टेका लागि अध्यन थालिएको बताए ।
उच्च शिक्षाको अनुदानमा आदिवासी 
बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवदीका अनुसार नगरपालिका क्षेत्रमा धिमाल जाति सहित अन्य २१ जाति रहेका छन् । उक्त कोषबाट ४० जना भन्दा वढी युवा युवतीहरु मदन भण्डारी फाउन्डेसनमा अध्ययन गरीरहेका छन् ।