२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर बेलबारीका एक युवाले मनाए जन्मदिन

Author Uttari Morang
शुक्रबार, बैशाख १३, २०७६
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर बेलबारीका एक युवाले मनाए जन्मदिन

बेलबारी नगरपालिकाका एक युवाले उद्धाहरणिय कार्य गरेर आफ्नो जन्मदिन मनाएका छन ।

बेलबारीमा स्थायी बसोबास गर्ने सनम खतिवडा (राजा) हाल १८ वर्ष लागेका छन । आफ्नो १८ औं जन्मदिनमा उनले वैशाख ७ गते सानो सामाजिक काम गरेर जन्मदिन मनाउने सोच गरेका थिए तर त्यति बेला सबै स्कुल संचालन भइ नसकेकोले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्न पाएनन । त्यसैले उनले आफ्नो जन्मदिनको अवसर पारेर वैशाख १३ गते शुक्रवार बिहान बेलबारी नगरपालिका वडा नम्बर ३ सिजुबारीमा रहेको श्री आधारभुत बिद्यालयमा शैक्षिक सामग्री वितरण गरेका हुन । उनले उक्त विद्यालयमा रहेका ७० भन्दा बढी विद्यार्थीहरुलाई कपि, पेन्सिल, डटपेन, बिस्कुट लगायतका सामग्रीहरु वितरण गरेका छन । आफ्नो परिवार, बेलबारी वडा नम्बर ३ का वडाध्यक्ष, सोही वडाका वडा सदस्य, साथिभाई, समाजसेवीहरुलाई समावेस गराएर उनले आफ्नो जन्मदिन मनाएका छन । उनले आफनो जन्म दिन गरिव तथा असाय वालवालिकासङ्ग खुसि साटेर मनाएका छन ।

अहिलेका युवाहरु बिकृती र बिसङ्ग्ती तर्फ डल्कदै गएको अवस्थामा युवाहरुमा सचेतना जगाउन जरुरी छ त्यसैले पनि मैले मेरो जन्मदिन यसरी मनाएको हु भन्दै उनले बताए । आजको कार्यक्रममा साना नानीहरुको मुहारमा हासो र खुशी देख्न पाए यसैले मलाई आनन्दित बनाएको छ समेत उनले बताए । होटलमा गएर खर्च गर्न भन्दा वालवालिका सग जन्मदिन मनाउदा धेरै खुसि लागेको समेत उनले बताएका छन ।