२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

खोर्सानेमा पाँच दिने खुल्ला योग तथा मेडिटेसन शिविर शुरु

Author Uttari Morang
शनिबार, बैशाख १४, २०७६
खोर्सानेमा पाँच दिने खुल्ला योग तथा मेडिटेसन शिविर शुरु

मोरङको सुन्दरहरैंचा १० स्थित सिद्धार्थ सेकेण्डरी स्कूलमा पाँच दिने खुल्ला योग तथा मेडिटेसन शिविर शुरु भएको छ ।

व्यक्तित्व विकास एवं स्वस्थ्य जीवन शैलीबारे जानकारी दिदै अभ्यास समेत गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो । स्थानीय सुकुना वचत , हातेमालो बहुउश्यीय सहकारी र सिद्धार्थ स्कुलको संयुक्त आयोजनामा गरिएको शिविरमा सयजनाभन्दा बढी सहभागी छन् ।

स्थानीय सिद्धार्थ सेकेण्डरी स्कूलमा संचालित शिविरको सुन्दरहरैंचाका मेयर शिव ढकालले शुक्रबार उद्घाटन गरेका छन् ।

शिविरमा डा. एल. पी. पोख्रेलले प्रशिक्षण दिनेछन्  । शिविरमा मानिसको खानपिन र  जीवन शैलीका कारण शरीरमा उत्पन्न हुने रोग, तिनको निदान र व्यक्तित्व विकासका बारेमा प्रशिक्षण दिइने आयोजकले जनाएका छन्  । शिविरमा शारीरिक व्यायामका अलावा  मेडिटेशन पनि गरिने बताइएको छ ।