२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कला/संस्कृति

अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा गुन्जिए रेखा सुवेदीका कविताहरु

Author Uttari Morang
शनिबार, बैशाख १४, २०७६
अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा गुन्जिए रेखा सुवेदीका कविताहरु

जनसाहित्य मञ्चद्वारा हरेक महिनाको दोस्रो शुक्रवार काठमाण्डौंमा आयोजना गरिंँदै आएको अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा बेलबारी मोरङकी कवि रेखा सुवेदीका कविता बाचन भएका छन्  । जनसाँस्कृतिक महासंघको कार्यालय बागबजारमा भब्यरूपमा भएको कार्यक्रम प्राज्ञ राम विनयको अध्यक्षता र डा. विन्दु शर्माको सञ्चालनमा गरिएको हो । शुक्रबार भएको सो कार्यक्रममा कवि सुवेदी आफैंले ‘नयांँ अनुहार’, ‘म जन्मिएकी थिएंँ भने’, ‘प्रश्नै प्रश्न धनपाल महाराजलाई’, ‘बेरुजु नयांँ वर्ष’, ‘रेड लाइट’ र ‘आगो पिएर’ गरी ६ ओटा कविताहरू वाचन गरेकी थिइन्  ।

त्यसैगरी सुवेदीका अन्य कविता-वाचनमा विभिन्न कविहरुले सहयोग गरेका थिए । सो अबसरमा कविहरू अनिल पौडेलले ‘सादा कागज र कोहिनूर’, जयन्ता पोख्रेलले ‘म एकादेशको राजा थिएंँ’, रमेश शुभेच्छुले ‘निलो पहाड र तिम्रो निलै सर्ट’, यादव भट्टराईले ‘सपनाहरूको बिरुद्ध रेड कार्ड’, रामकुमार पण्डितले ‘गोलाद्र्धतर्फ’ र वन्दना राईले ‘ऊ पागल छे’ जस्ता सुवेदीका थप ६ ओटा कविताहरू वाचन गरिदिएका थिए । 

कार्यक्रममा प्राज्ञ राम बिनय, प्रा. डा. बद्रीविशाल पोख्रेल, डा. भागवत आचार्य, डा. देवी नेपाल, डा. हेमनाथ पौडेल, जगत्प्रसाद उपाध्याय, पुरुषोत्तम सुवेदी, खगेन्द्र राई, सरल सहयात्री, मातृका पोख्रेल, चेतनाथ धमला, राजेश थापा, प्रेम अधिकारी, खेम नेपाली, रामप्रसाद ज्ञवाली, दीपेन्द्र वनेपाली, नर्मदेश्वरी सत्याल, यशोदा अधिकारी, कमल गुरुङ, ज्योति जङ्गल, डम्बर पहाडी, शशी चालिसे, उत्तम पोख्रेल, लक्ष्मी अच्युत ढुङ्गाना, राधा दुलाल क्षेत्री, मिसन अधिकारी, हिरा थापामगर, अनिता लामा, कवि इरन राई लगायत ७० जनाभन्दा बढी कवि, सर्जक तथा साहित्यकारहरुको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. केशव सुवेदीले कवि सुवेदीका वाचित कविताहरूमाथि टिप्पणी गरेका थिए । दाम्पत्य जीवनका जोडी रेेेखा सुवेदी र इरन राइ दुवैजना सो  कार्यक्रममा उपस्थित थिए । उनीहरू दुवैजना प्रसिद्ध साहित्यकार हुन् । सुुुुवेदी बेेेलबारी साहित्य समाजकी अध्यक्ष समेत  छिन् ।