२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

राजमार्गमा गुड्ने सवारीको धुलोका कारण आक्रान्त छन् सुन्दरहरैंचाबासी

Author Uttari Morang
बुधबार, बैशाख १८, २०७६
राजमार्गमा गुड्ने सवारीको धुलोका कारण आक्रान्त छन् सुन्दरहरैंचाबासी

अघि अघि गाडी, पछि पछि धुलो । कहिले होला धुलो मुक्त शहर ? आज यो प्रश्नको उतर आम  सुन्दरहरैंचाबासीले खोजिरहेका छन् ।

सुन्दरहरैचा नगरपालिकाले छोएका दुई निर्वाचन क्षेत्रबाट चुनाव जितेका दुवैजना सांसदहरु केन्द्रिय सरकारका मन्त्री भएपनि स्थानीय जनताले उनीहरूबाट ल्याएका योजना र परिवर्तनको महसुस गर्न पाएका छैनन् ।

लालबाबु पण्डित र भानुभक्त ढकाल दुई जना नै हाल केन्द्र सरकारको मन्त्री छन्। लालबाबु पण्डित संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री र भानु भक्त ढकाल कानुन न्याय तथा संसदिय मन्त्री छन् । तर दुइजनालाई  मन्त्री बनाएको सुन्दरहरैँचाका नगरबासी हाल पुर्व पश्चिम राजमार्गमा गुड्ने धुलोका कारण आक्रान्त छन् ।

फोटोमा देखिएको दृश्य सुन्दरहरैचा नगरपालिका वडा नं ८ स्थित सलकपुरको हो । चैत बैशाखको हावासंगै अहिले यहांँको वातावरणमा निकै प्रभाव परिरहेको छ ।

सडकमा हुइकिएर कुद्ने सवारि साधनले गर्दा उडेको धुलोले यहाको नगरवासिको स्वास्थ्यमा समेत असर पारिरहेको  छ । सुन्दरहरैचाको सलकपुरमा मात्र हैन खोर्साने, विरटचौक, गोठगाउंँ, गछिया, बलिया जस्ता लोकमार्गले छोएका अधिकांश स्थानहरु अहिले धुलोले प्रभावित छन्  तर राज्य पक्षबाट यसको समाधानमा कुनै चासो देखिएको छैन ।

हाल अहिले सुन्दरहरैचा नगरपालिकामा सडक ८२ फुट क्लियर गर्न अधिकांश चौकहरु फराकिलो बनाइएको छ तर फराकिलो बनाइएको भागमा कालोपत्रे नगरिदा उक्त स्थानबाट सवारी साधन कुदेर धुलोले मानव जीवनमा समेत प्रभाव पारिरहेको छ । त्यसमाथि पुर्व पश्चिम राजमार्गको पिच थप गर्ने काम भइरहेकोले पनि दायाँबायाँ सवारी कुद्दा अत्याधिक धुलो उड्ने गरेको छ ।

सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालले भने लोकमार्गको समस्या नगरपालिकाले हेर्न नमिल्ने भन्दै यसलाई केन्द्र सरकारले व्यवस्थापन गर्नुपर्ने बताए । – राज पोख्रेल