२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

बिराटनगरलाई प्रदेश राजधानी बनाइएपछि धनकुटामा फेरि शुरु भो आन्दोलन 

Author Uttari Morang
सोमबार, बैशाख २३, २०७६
बिराटनगरलाई प्रदेश राजधानी बनाइएपछि धनकुटामा फेरि शुरु भो आन्दोलन 

धनकुटा १ नम्वर प्रदेशको राजधानी नबनाएको विरुद्धमा धनकुटामा आज धनकुटा प्रादेशिक राजधानी अभियान समितिको आकस्मिक बैठक वसी भोली बैसाख २४ गते चक्का जाम र राती ब्लाक आउट(बत्ति निभाउने ) कार्यक्रम गर्ने भएको छ ।
धनकुटा प्रादेशिक राजधानी अभियान समितिका संयोजक सुन्दरबाबु श्रेष्ठको अध्यक्षतमा आज बैठक वसी धनकुटको अस्तित्व,पहिचान र इतिहासलाई समाप्त गर्ने कार्य भएकोले धनकुटालाई जिवन्तता प्रदान गर्न र धनकुटको विकास र समृद्धीका लागी भोली बैसाख २४ गते धनकुटामा दिनको १२ बजो देखी १ बजे सम्म चक्का जाम र राती ७ बजे देखी ७.३० बजे सम्म ब्लाक आउट(बत्ति निभाउने कार्यक्रम गर्ने निर्णय भएको अभियान समितिका सदस्य सुजन भाई जोशीले वताउनु भयो ।
धनकुटालाई पुरै समाप्त र मार्ने काम भएकोले आजको दिन धनकुटाको लागी कालो दिन भएकोले धनकुटाबासीले आजको दिन बैसाख २३ लाई कालो दिनको रुपमा लिदै धनकुटालाई जिवन्त बनाउन अव सशक्त र निर्णायक आन्दोलन गर्ने र जव सम्म धनकुटालाई जिवन्तता दिने निर्णय नभए सम्म आन्दोलन नरोकीने अभियान्त तथा नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राईले वताउनु भयो । धनकुटाको लागी र्दुभाग्य भएको समेत बताउनु भयो ।
भोली देखी आन्दोलन शुरु हुने र आन्दोलनको आधवेहरी ल्याउने समेत अभियान्त तथा नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले वताउनु भयो ।

विजय राई,धनकुटा