२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

चार पाँच दिनसम्म पनि खुलेन सुनवर्सी नगरपालिका ७ मा गरिएको तालाबन्दी

Author Uttari Morang
शुक्रबार, जेठ ०३, २०७६
चार पाँच दिनसम्म पनि खुलेन सुनवर्सी नगरपालिका ७ मा गरिएको तालाबन्दी

मोरङको सुनवर्सी नगरपालिका बडा नम्बर ७ को वडा कार्यालय विगत चार दिनदेखि स्थानीयले बिभिन्न माग राख्दै तालबन्दी गरेपछि कार्यालयको कामकाज ठप्प भएको छ ।
राष्ट्रपति चुरे संरक्षण कोषबाट चैत महिनामा बक्राहा खोलामा तटबन्ध निर्माणका लागि २० लाख रुपैयाँ बिनियोजन भएपनि नगरपालिकाका मेयर कालीप्रसाद दासले उपभोक्ता समितिमा आफन्त राखेर मनपरी गरेको स्थानीयले आरोप लगाएर वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
उपभोक्ता समिति निर्माण गर्ने क्रममा वडा अध्यक्षलाई समेत जानकारी नदिई मेयरले एकलौटी काम गराएको वडा अध्यक्ष प्रकाश यादवले बताए । ‘मेयरले एकलौटी ढंगबाट उपभोक्ता समिति गठन गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका छन्, वडा अध्यक्ष यादवले भने, मेयर साबले मलाई पनि जानकारी नदिई कसरी उपभोक्ता समिति बनाउनु भयो आश्चर्य लागेको छ ।’ मेयर कालीप्रसाद दासले तालाबन्दीको बारेमा आफुलाई जानकारी नभएको बताएका छन् ।