२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
कला/संस्कृति

बेलबारीमा कला तथा साहित्य महोत्सव हुँदै, महोत्सवको तयारी अन्तिम चरणमा

Author Uttari Morang
शुक्रबार, जेठ ०३, २०७६
बेलबारीमा कला तथा साहित्य महोत्सव हुँदै, महोत्सवको तयारी अन्तिम चरणमा

मोरङ बेलबारीस्थित बेलबारी साहित्य बिकास समितिले यस बर्ष पनि कला तथा साहित्य महोत्सव गर्ने भएको छ ।

गत बर्ष पहिलो साहित्य महोत्सव गरेको समितिले यस बर्ष दोस्रो कला तथा साहित्य महोत्सव गर्न लागेको हो ।  ११ औं गणतन्त्र दिवसको अबसर पारेर यही जेठ १० र ११ गते हुने हुने महोत्सवमा विभिन्न कार्यक्रमगरु समाबेश गरीने छन्  ।

‘भाषा कला र साहित्यको उत्थान, बेलबारी नगरको समृद्ध संस्कृति र पर्यटन’ भन्ने नारा सहित हुने महोत्सव अन्तरगत जेठ १० गते लक्ष्मीमार्गस्थित स्वर्गिक मार्गको हलमा चित्रकला प्रतियोगिता र बहुभाषी साहित्य गोष्ठी हुने बेलबारी साहित्य बिकास समिति अध्यक्ष रेखा सुवेदीले बताइन् ।

महोत्सवको दोस्रो दिन बेलबारी नगरपालिकामा रहेको हलमा साहित्यमुलुक निगुरो अनलाइन पत्रिका र अनलाइन टीभी को शुभारम्भ, पुरस्कार बितरण र पुस्तक सार्वजनिकीकरण तथा साहित्य गोष्ठी गर्ने कार्यक्रम रहेको सुवेदीले जानकारी दिइन् । महोत्सवमा गत बर्ष झै देश बिदेशका साहित्यकारहरुको जमघट हुने आयोजकले जनाएको छ । महोत्सवको तयारी द्रुतगतिमा भइरहेको र तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।