२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

दुई दर्जनभन्दा बढी महिलाले लिए मोतिको माला बनाउने तालिम

Author Uttari Morang
सोमबार, जेठ २०, २०७६
दुई दर्जनभन्दा बढी महिलाले लिए मोतिको माला बनाउने तालिम

बेलबारी नगरपालिकाले महिलाहरुलाई उद्यमी बनाउन मोतिको माला बनाउने दिन थालेको छ ।

महिलाहरुलाई स्वरोजगार बनाउन तालिम दिएको नगरपालिकाले जनाएको छ । एक हप्ता सम्म दिने तालिममा मोतिको माला बनाउने, पोते बनाउने, हातमा लगाउने बाला चुरा बनाउन सिकाइने जनाइएको छ ।

नगरपालिकाको महिलासाखाले गरेको तालिममा बेलबारीका २५ जना भन्दा वढि महिलाहरुको सहभागिता रहेको छ । महिलाहरुलाई आयमुलक स्वरोजगार बनाउन विभिन्न कार्यक्रमहरु गरिने गरको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।