२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

सुन्दरहरैचा नगरपालिकाको चौथो नगरसभा सम्पन्न, १ अर्व ८ करोडको बजेट पारित

Author Uttari Morang
मंगलबार, आषाढ १०, २०७६
सुन्दरहरैचा नगरपालिकाको चौथो नगरसभा सम्पन्न, १ अर्व ८ करोडको बजेट पारित

सुन्दरहरैचा नगरपालिकाको मंगलबार सम्पन्न चौथो नगरसभाले १ अर्व ८ करोड ७७ लाख ८० हजारको अनुमानित बजेट विनियोजन गरेको छ ।
उपप्रमुख धनमाया तामाङले निति, कार्यक्रम तथा  बजेटसहितका योजना प्रस्तुत गरिन् । मगरसभाले ३६ वटा महत्वपुर्ण बजेटका योजनाहरु पारित गरेको छ ।

नगरपालिकाले वार्षिक बजेट तथा कार्यक्रम , रेडबुक बिनियोजन ऐन समेत तयार गरी नगर सभामा पेश गरेको थियो ।

सुन्दरहरैंचा ८ स्थित दुर्गादेवी दुलाल स्पोर्ट्स ग्राम (कबर्ड हल) मा भएको नगरसभा अधिवेशनमा उपप्रमुख धनामाया तामाङले आर्थिक बर्ष २०७६/०७७ को निति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी छिन् ।

नगरपालिकाका मेयर शिवप्रसाद ढकालको अध्यक्षतामा भएको नगरसभामा उपमेयर धनामाया तामाङले १ अरब ८ करोड ७७ लाख ८० हजारको बजेट प्रस्तुत गरेकी छिन् । नगरसभाले विभिन्न ५० वटा भन्दा बढी निर्णय गरेको छ ।

नगरसभाले प्राथमिक स्वास्थ्य केन्द्र हरैंचालाइ सर्पदंश उपचार केन्द्र बनाउने, स्वास्थ्य स्वयंसेविकाहरुलाइ १ हजार थप गरी २ हजार मासिक भत्ता  र ५० हजार प्रोत्साहन स्वरुप दिने, स्वास्थ्य संस्थामा कार्यरत ल्याब टेक्निसियन र प्राबिधिकलाई मासिक १० हजार र ल्याबबाट प्राप्त आम्दानीको ४० प्रतिशत उपलब्ध गराउने, राजमार्ग किनारमा ग्रील, पानीफ्याक्ट्री चलाउन अनुमति नदिने, अनुमति बिना गरिएका प्लटिङमा बनाइने घरको नक्सापास नगर्ने लगायतका निर्णय गरेको छ । 

नगरसभा बैठकले करारमा कार्यरत कर्मचारीहरुलाइ निरन्तरता दिने, कर्मचारीहरुलाइ १० देखि ५० प्रतिशतसम्म  प्रोत्साहन भत्ता दिने,  वडाध्यक्षहरुलाइ मासिक ३० लिटर इन्धन उपलब्ध गराउने, सबै वडामा कृषि केन्द्र तथा सब्जीमण्डी स्थापना गर्न पहल गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी अपांगलाई सबैजसो राजस्वमा छुट दिने, करदाता सेवा कार्यालयलाई जग्गा उपलब्ध गराई भवन निर्माण गर्न पहल गर्ने, बाघझोडा, बासुकी जस्ता पर्यटकीय स्थलहरुको बिकास गर्न प्रदेश र संघीय सरकारसँग बजेट माग गर्ने, दुई बिरुवा र ४ गमला रोपेपछि मात्र नक्सापास गर्ने, पुर्वान्चल बिश्व विद्यालयको केन्द्रिय कार्यालय गोठगाउँमै सार्न पहल गर्ने लगायतका निर्णय गरेको छ ।

निति तथा कार्यक्रममा नगर क्षेत्रमा विद्युत सेवाबाट बञ्चित भएका नगर बासीहरुलाई विधुत सेवा उपलब्ध गराइ नगरलाई अन्धकार मुक्त बनाउन बैकल्पिक उर्जा कार्यक्रम समेतको माध्यमबाट नगर प्रमुख सुन्दरहरैचा उज्यालो कार्यक्रम सञ्चालन गर्ने, कृषि क्षत्रको विकासको लागि कृषि पकेट क्षेत्र घोषणा गर्ने, बिभिन्न कार्यक्रम सञ्चालन हुने उल्लेख गरिएको छ ।

नीति कार्यक्रममा आर्गानिक तरकारी खेतिलाइ विशेष प्राथमिक्त्ता दिइ प्रति बिगाह रु १ लाख समको अनुदानको व्यबस्था गराउने, निर्बाहमुखि कृषि प्रणालीलाइ व्यबसायीकरण गर्नका लागि उन्नत बिउ बिजन, मलखाद कृषि सामाग्री औजारको व्यबस्थामा ५० देखि ८० प्रतिशत सम्म अनुदानको व्यबस्था गर्ने जनाइएको छ ।