२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

केरावारी पनि मेयरकपको फाइनलमा, उपाधिका लागि पथरीशनिश्चरेसँग भिड्ने

Author Uttari Morang
बिहिबार, आषाढ १९, २०७६
केरावारी पनि मेयरकपको फाइनलमा, उपाधिका लागि पथरीशनिश्चरेसँग भिड्ने

उत्तम पोख्रेल/मोरङको बेलबारीमा जारी मेयर कप प्रतिायोगिताको फाइनलमा पथरी शनिश्चरे नगरपालिका र केरावारी गाँउपालिका विच भिड्न्त हुने भएको छ ।

विहिबार भएको अन्तिम सेमि फाइनल खेलमा आयोजक बेलबारी निलोलाई घरेलु मैदानमा केरावारी गाँउपालिकाले ट्राइवेकरमा ४–५ गोल अन्तरले केरावारी गाँउपालिका विजयी भएको हो ।
पहिलो हाप भन्दा अगाडिनै केरावारी तथा बेलबारीका खेलाडिले एक एक गोल गरेका थिए । केराबारीको तर्फवाट खेलको सुरुवातमै प्रबेश बस्नेतले पहिलो गोल गरेका थिए । त्यसको केहि समयमै बेलबारीका खेलाडि विनोद अधिकारीले गोल फर्काएर केरावारी सँग बरावरीमा बनाएका थिए । खेलको दोस्रो म्याचमा दुवै पक्षका खेलाडिले गोल गर्न नसकेपछि ट्राईबेकर भएको थियो ।

ट्राईवेकरको पहिलो गोलनै बेलबारी निलोका मिलन परियारले पोष्ट भन्दा वाहिर हानेका थिए । उनले पोष्ट वाहिर हानेको गोलनै केरावारीका लागि भाग्यमानि सावित बन्यो । सो प्रतियोगिताका विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पाउने छन् । फाइनल खेल २१ गते शनिवार हुने बेलबारी मेयर कप आयोजक समितिले जनाएको छ ।