२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

असारे विकासको नमूना बन्दै प्रदेसको बजेट,निर्माण भई नसक्दै भत्किए संरचना

Author Uttari Morang
शुक्रबार, साउन ०३, २०७६
असारे विकासको नमूना बन्दै प्रदेसको बजेट,निर्माण भई नसक्दै भत्किए संरचना

प्रदेश सरकार र स्थानिय सरकार विच सम्नवय नहुदाँ विकासका गतिविधिमा प्रदेश सरकारले गरेका काम अलपत्र बनेका छन् ।

प्रदेश सरकारले गरेको बजेट असारे बिकासमा परिणत हुन थालेको छ । स्थानिय सरकारलाई जानकारी नगराई पहुँचका आधारमा बजेट विनियोजन गरेपछि प्रदेश सरकारका योजना निर्माण सपन्न भई नसक्दै भत्किन थालेका छन् । प्रदेश १को सामाजिक विकास मन्त्रालयले सुर्जना पार्कका लागि बजेट विनियोजन गरे पनि अनुगमन तथा प्राविधिक स्टमेट गलत हुदाँ पार्कको कम्पाउन्ड वाल बनाई नसक्दै भत्किन थालेको छ । बनि सकेको एक हप्ता नबित्दै भतकिएको हो ।

असार ३१ गते निर्माण समिातिले काम सकेर योजना फरफराक समेत गरीसकेको थियो । साउन ३ गते राति भने वालको केहि भाग भत्कीएको छ । सामाजिक विकास मन्त्री जिवन घिमिरेको ठाडो आदेशमा आएको बजेटमा काम भएको थियो । उनले स्वास्थ्य शाखामा बजेट पठाएपछि काम अलपत्र बनेको थियो ।

एक कन्सलटेन्सीलाई प्रदेश सरकारले आफै काम लगाएको थियो । केहि दिन आएको बर्षाका कारण वाल भतकिएको निर्माण समितिका अध्यक्ष जहाज मान याख्खाले बताए । बजेट खर्च गर्नका लागि प्रदेशका मन्त्रालयले विभिन्न वाटा प्रयोग गरेका कारण बजेट सदुपयोग हुन सकेको छैन ।