२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
कला/संस्कृति

सुन्दरहरैंचामा कृति विमर्श, रामायण वाचन तथा विराट वाणी सार्वजनिक

Author Uttari Morang
शुक्रबार, साउन ०३, २०७६
सुन्दरहरैंचामा कृति विमर्श, रामायण वाचन तथा विराट वाणी सार्वजनिक

कार्यक्रममा विराट साहित्य समाजले प्रकाशन गरेकाे विराट वाणीकाे सार्वजनिकीकरण गरिएको थियाे । कार्यक्रममा अायाेजक समाजका पूर्व अध्यक्ष तथा विराट वाणीका प्रधान सम्पादक माेहनप्रसाद काफ्लेले विराट वाणीकाे वारेमा चर्चा गरेका थिए । कार्यक्रममा साहित्यकार अमृतप्रसाद अाचार्यले भानुभक्तकाे संक्षित परिचय र कविता वाचन तथा गायिका यमुना पराजुलीले रामायणका केही श्लक बाचन गरेकी थिइन ।

कार्यक्रममा कवि छवि वैरागी घिमिरेकाे माटाकाे अास्था कविता संग्रहकाे वारेमा प्राडा भीम खतिवडाले चर्चा गरेका थिए । उनले साहित्य र समसामयिक विषय वस्तुकाे वारेमा चर्चापरिचर्चा गरेर उपस्थित सबैलाई उत्साहित बनाएका थिए । कार्यक्रमका स्रष्टा घिमिरेले अाफ्नाे माटाकाे अास्था कविता संग्रहबाट गुण फल शिर्षककाे कविता बाचन गरेका थिए । कार्यक्रममा कथाकार धनजित पराजुलीद्वारा लेखित हुलिया कथा संग्रहकाे बारेमा सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले समिक्षा गरेका थिए ।

कार्यक्रममा साहित्यकार तारा पराजुली ढाकाले बृद्धा श्रममा अांशु शिर्षककाे कविता वाचन गरेकी थिइन । सिद्वार्थ सेकेण्डरी स्कुलका प्रिन्सिपल अर्जुन वस्नेतले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा स्वागत मन्तव्य अायाेजक समाजका उपाध्यक्ष विदुर सुवेदीले गरेका थिए । उपसचिव दिपकप्रसाद न्याैपानेले संचालन गरेकाे कार्यक्रम उमानाथ भट्टराईकाे सभापतित्वमा सम्पन्न भएको थियाे । – मणिराम दाहाल