ताजा अपडेट
समस्यामा परेका महिलाहरुको लागि भरपर्दो आश्रयस्थल बन्दै इटहरीस्थित सेफ हाउस
Uttari Morang
बिहिबार, साउन ०९, २०७६
इटहरीमा एक बर्षदेखि सञ्चालित सेफ हाउसवाट हालसम्म ७६ जना महिलाले सेवा लिएका छन् ।
इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतमले दिएको जानकारी अनुसार अलपत्र परेका, हराएका, जोखिममा परेका, हिंसामा परेका महिलालाई सेफहाउसमा राखेर अल्पकालिन सेवा प्रदान गरिन्छ । १५ दिन सम्म बस्न मिल्ने हाउसमा पुुुर्वका विभिन्न जिल्लाका महिलाले सेवा लिएका छन् ।
सो अवधिमा खानपिन, औषधि उपचार, काउन्सिलिङ प्रदान गरिन्छ । त्यसपछि आफन्त पत्ता लगाएर वुझाउने गरिएको छ । घर जादाँको वाटोखर्च पनि उपमहानगरले दिने गरेको छ ।






