२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

नगरपालिकाको सहयोगमा अस्थायी तटबन्ध गर्न कसिए बेलबारीका स्थानीयबासी

Author Uttari Morang
शनिबार, साउन ११, २०७६
नगरपालिकाको सहयोगमा अस्थायी तटबन्ध गर्न कसिए बेलबारीका स्थानीयबासी

उत्तम  पोख्रेल

‘खोला स्वाँ स्वाँ गरेको हेरेर रात काट्थ्यौंं, पानी पर्नासाथ निन्द्रा हराउथ्यो’ बेलबारी १ का जीवन कार्कीको भोगाइ हो यो  । लोहान्द्रा खोलका आएको वाढीको वहाव बढदै गएपछि बिहिबार रातिसम्म आकास र पानी हेर्दै कार्कीको परिवारले रात कटाए ।

शुक्रवार विहान भने उठेर नितय कर्म गरेर चिया खाई सक्दा नसक्दै एक सय जना भन्दा वढि छरछिमेकी भेला भए । कार्की जस्तै बेलबारी १ का धेरै परिवार त्यस्तै पिडामा थियो । शुक्रवार विहानदेखि अस्थाई तट्बन्धन हुन थालेपछि स्थानिय वासिन्दा आफैं लागि परेका छन् । लोहान्द्रा चिस्याङ खोलामा विहानै देखि शस्त्र प्रहरी ,नगर प्रहरी र स्थानिय वासिन्दाले खोला गाँउ पस्न नदिनका लागि तटबन्धन गरीरहेका छन् ।
खोलाले कटान गरेर गाँउमा पस्न थालेका स्थानमा नगरपालिकाले (पर्कुपाइन) प्रविधिवाट वांँस लगाएर तटबन्धन गर्न थालेको छ । जसलाई दुम्सिकाडे वांँध पनि भनिन्छ । नगरपालिकाको आर्थीक सहयोगमा वासको ड्रिलिङ गरेर सो प्रविधिवाट तटबन्धन गर्न थालेपछि स्थानियले आफैं आएर जालि लगाउने बोरामा बालुवा भरेर राख्ने काम गरीरहेका छन् । दुम्सीका काडा जस्तै बाक्लो वांँस र बोरा राखेर गरीने भएकोले दुम्सीकाडे (पर्कुपाइन) भन्ने गरीन्छ ।
बेलबारीका ठुृला खोलमा अघिल्लो आर्थिक बर्षमा स्थाई खालको तटबन्धन मुख्य मुख्य स्थानमा गरीएकोले खोलाले ठुला धनजनको क्षति गरेको छैन,  बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले भने अहिले आएको वाढिले धेरै क्षति पुर्याउन सक्ने सम्भावित क्षेत्रमा रोकथामा लागि अस्थाई तबनधन गर्न थालिएको हो । वेलबारीका लोहान्द्रा चिस्याङ खोलामा गत बर्ष केहि स्थानमा तटबन्धन गरीएको उनले बताए । उनले बेलबारीका लोहान्द्रा र चिस्याङमा (पर्कुपाइन) प्रविधिवाट काम गर्न विहानैदेेखि  जनशक्ति खटाएको समेत बताए ।
अहिले कटान गरीरहेको स्थान भन्दा केहि माथि पक्की वाध निर्माण गरीएकोले खोलाले क्षति पुर्याउन पाएन स्थानिय दिनेश गिरीले भने पानीको वहाब बढेकोले सवै अतालिएका छौ । लगातारको बर्षा सगै खोलामा आएको वाढीले धेरै स्थान डुवानमा छन् । उनले अस्थाई तटबन्धनले पनि जनतालाई राहत हुने बताए ।
यस्तै उर्लावारीका स्थानियले आफै खोलामा  (पर्कुपाइन) प्रविधिले रोकथामाका लाटि अस्थाई तबन्धन गरेका छन् । असार २४ गतेदेखि भइरहेको वर्षातका कारण यस पटक २०७४ सालमा भन्दा तीव्र गतिमा बक्राहाले जमिन कटान सुरु गरेपछि स्थानियले चासो देखाएर तटबन्धनमा लागेका हुन् । प्रदेश सांसद कुलप्रसाद साम्बा को पहलमा बाँसको अस्थायी बाँध निर्माण गरिएको हो । खोला कटानको समस्यामा परेका स्थानीयहरुकै बाँस काटेर खोलामा अस्थायी बाँध निर्माण गरिएको उनले बताए । उनिहरुले वक्राहा खोलामा तटबन्धन गरेका हुन् ।
मोरङका लोहान्द्रा चिस्याङ बक्राहा, मावा, डाँस, गछिया,बुढिखोला, सिघिया खोलाले मोरङमा क्षती पुर्याउने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार ४ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपता रहेका छन् । प्रमुख जिल्ला अधिकारी रमेश केसीका अनुसार ४ सय १६ मा पुर्ण क्षति भएको छ भने १७ सय ९८ मा आंशिक क्षति भएको छ । ८ गते सम्मको तथ्याकमा १५ सय ३९ परिवारका ६६ हजार ६सय ४४ विस्थापित भएको थिए प्रजिय केसिले सवै विस्थापित आ आफनो घरमा गइसकेका छन् । उनले भने दुई दिनको तथ्याक आएको छैन् ।