२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

एउटै नगरको बेलबारीलाई हराँउदै पाथीभरा गोल्डकपको सेमिफाईनलमा पुग्यो डाँगीहाट

Author Uttari Morang
आइतबार, भाद्र ०१, २०७६
एउटै नगरको बेलबारीलाई हराँउदै पाथीभरा गोल्डकपको सेमिफाईनलमा पुग्यो डाँगीहाट

फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै डाँगीहाटले सेमिफाईनलमा आफ्नो स्थान बनाएको हो ।

खेलको ३३ औँ मिनेटमा टिम कप्तान विक्रम लिम्बूले गरेको गोल नै सेमिफाईनल प्रवेशका लागि प्रयाप्त बन्यो । आईतबारको खेलमा म्यान अफ दि म्याच डाँगीहाट क्लबका अरुण लिम्बू घोषित भएकाछन् । उनले नगद ५ हजार प्राप्त गरे । खेलमा आफ्ना खेलाडीले उत्कृष्ट प्रर्दशन गर्दा गर्दै पनि हार बहोर्नु परेको पराजित टिमका प्रशिक्षक सुनिल पोखरेलले बताएकाछन् । आफूहरु पराजित बने पनि नयाँ र कम अनुभव भएका आफ्ना खेलाडीको  प्रर्दशनले भने आफू सन्तुष्ट बनेको उनको प्रतिकृया छ ।

सोमबार हुने खेलमा भने एलाभेन एरोज सुनसरी र यु.के.एफ.सि दार्जेलिङ भारतबीच प्रतिस्पर्धा हुने छ । पहिलो चरणका खेल मंगलबार सकिनेछन् । यस अघि फिदिङ स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गर्दै ईलामको रेडहर्ष सेमिफाईनलमा प्रवेश गरेको छ । विहिबारदेखि जारी प्रतियोगिता भदौ ६ गते सकिने छ ।

लाखेजात्राका अवसरमा लाखेजात्रा खेल सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको समेत गरि १० टिम सहभागिछन् । प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ११ हजार सहित ट्रफि प्रदान गरिने छ । उपबिजेतालाई १ लाख ५१ हजार नगद सहित ट्रफि दिईने छ । – रेडियो ताप्लेजुङको सहयोगमा