२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

हाजिरीजवाफ प्रतियोगिता गर्दै इन्द्रपुर जेसिज, मोरङका ५५ वटा स्कुल सहभागी हुने

Author Uttari Morang
बिहिबार, भाद्र ०५, २०७६
हाजिरीजवाफ प्रतियोगिता गर्दै इन्द्रपुर जेसिज, मोरङका ५५ वटा स्कुल सहभागी हुने

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ अघिल्ला वर्षहरुमा झैँ यसवर्ष पनि ईन्द्रपुर जेसिसकाे आयाेजनामा विराटचाेकमा जिल्लास्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियाेगिता  हुने भएकाे छ ।

ईन्द्रपुर जेसिसले बुधबार जेसिस भवन विराटचाेकमा पत्रकार सम्मेलन गरेर साे जानकारी गराएकाे हाे ।

पत्रकार सम्ममेलनमा दिएकाे जानकारी अनुसार ९ गतेबाट सुरु हुने प्रतियाेगितामा माेरङ जिल्लाभरिका ५५ वटा निजी तथा सामुदायिक विद्यालयहरुकाे सहभागिता रहनेछ ।

पत्रकार सम्मेलनका ईन्द्रपुर जेसिसका वर्ष २०१९ का अध्यक्ष भूवन ढकालले सहभागिता र पुरस्कारका हिसावले विगतका वर्षका भन्दा यसवर्षकाे प्रतियाेगिता राेचक तथा महत्वपूर्ण रहने वताए ।

साथै उनले हाजिरीजवाफको माध्यमबाट विधार्थीहरुको बौद्विक क्षमता अभिवृद्धिका साथै प्रतिष्पर्दाको भावना विकास गरेर भाईचाराको सम्बन्ध अभिवृद्धि गरि नगर क्षेत्रमा रहेका धार्मीक , पर्यटकिय , शैक्षिक र अाैधाेगिक क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियाेगिता गर्न लागिएको वताए ।

यस प्रतियाेगिता मूख्य प्रायाेजक रमपम चाउचाउ रहेकाे छ भने अन्य स्थानीय संघ संस्थाले सहप्रायाेजन गरेका छन् ।

साे प्रतियाेगितामा प्रथम हुने विद्यालयले रु ४२ हजार द्वितीयले रु २१, तृतीयले रु ११ र सान्त्वनाले रु ०६ हजार पाउने छन् ।

पत्रकार सम्मेलनमा, ईन्द्रपुर जेसिसका पूर्व अध्यक्ष एवम् सुकुना क्याम्पस संचालक समिति अध्यक्ष केशवप्रसाद अधिकारी, हाजिरिजवाफ प्रतियाेगिताका संयाेजक डिल्लीराम ढकाल, इन्द्रपुर जेसिसिका पूर्व अध्यक्ष रुद्र थापा, जुनियर जेसिसका अध्यक्ष उत्सव थापा लगायतकाे सहभागिता रहेकाे थियाे ।

ईन्द्रपुर जेसिसका वर्ष २०१९ का अध्यक्ष भूवन ढकालकाे अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेनलकाे संचालन भने महासचिव टेकमणि न्याैपानेले गरेका थिए ।