२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

कतारमा एनआरएन महाधिवेशनको रन्को, ३६ पदाधिकारीका लागि ६३ जना भिड्दै

Author Uttari Morang
बिहिबार, भाद्र ०५, २०७६
कतारमा एनआरएन महाधिवेशनको रन्को, ३६ पदाधिकारीका लागि ६३ जना भिड्दै

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारको शुक्रबार हुने आठौं राष्ट्रिय महाधिवेशनमा ११ पद र ३६ पदाधिकारीका लागि ६३ जनाबिच प्रतिस्पर्धा हुने भएको छ ।

यहि २३ अगस्ट शुक्रबारका दिन नेपाली दूतावासको सभाहलमा हुन गइरहेको महाधिवेशनबाट १४ पदमा ३६ जना निर्बाचित हुने छन्  । २ साता अघि निर्बाचन समितिले अन्तिम नामावली प्रकाशित गरी १४ वटा पदको लागि ६३ जनाको उम्मेदवारी परेको जनाएको थियो । यस अघि ६९ जनाले मनोनयन दर्ता गराएकोमा ६ जनाले आफ्नो मनोनयन फिर्ता लिएका थिए ।

चारजना निर्बिरोध

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१९-२०२१ कार्यकालको लागि ३ वटा पदमा ४ जना निर्बिरोध भएका छन्  । यसरी निर्बिरोध हुनेहरुमा तृतिय उपाध्यक्ष सरिता भन्डारी (स्याङ्जा), महिला संयोजक अम्बिका खत्री (तनहुँ), लेखा समिती सदस्यहरु पुरुषोत्तम लामिछाने (गोरखा) र कबिन्द्र कडेल (धादिङ) छन् ।

नेतृत्वका लागि कटुवाल र मुसलमानबिच कडा प्रतिस्पर्धा हुँदै 

त्यसैगरी अध्यक्षमा तेज कटुवाल (सुनसरी) र मुक्तदा मुसलमान (कपिलवस्तु) बिच कडा प्रतिस्पर्धा हुने भएको छ । यसैगरी १८ पदको कार्यसमिति सदस्य पदमा ३२ जनाको जनाको उम्मेदवारी परेको छ । आइसिसी सदस्यमा ४ जनाको ठाउंँमा ७ जनाबिच प्रतिस्पर्धा हुने भएको छ ।

त्यसैगरी लेखा संयोजकमा १ जनाको ठाउमा २ जनाको उम्मेदवारी परेको निर्बाचन समितिले जनाएको छ । कतारमा ४१ सय ३४ परिषद सदस्य छन्  । एनआरएनएको बिश्व सम्मेलन आगामी असोज २४ गते देखि २७ गते सम्म काठमाडौमा हुने निधो भएको छ  ।