२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
कला/संस्कृति

सुन्दरहरैंचा सिङ्गिङ आइडल २०७६ को अडिसन सुरु, पहिलो अडिसनबाट ५१ जना छनौट

Author Uttari Morang
शनिबार, भाद्र १४, २०७६
सुन्दरहरैंचा सिङ्गिङ आइडल २०७६ को अडिसन सुरु, पहिलो अडिसनबाट ५१ जना छनौट

“सुन्दरहरैंचा सिङ्गिङ आइडल – २०७६” को अडिसन सुरु भएको छ ।

शुक्रवार सुन्दरहरैचा वाड नं. ८ स्थित जुपिटर बोर्डिङ स्कुल, गछियामा पहिलो चरणको अडिसन भएको हो ।
पहिलो दिनको अडिसनमा ८५ प्रतियोगीहरूको सहभागिता रहेको थियो । सहभागी प्रतियोगीहरू मध्ये पहिलो अडिसनबाट ५१ जना छनोट भएका छन् । प्रतियोगीहरूले लोक, आधुनिक, पप सबै प्रकारका गीत गाएका थिए ।
अडिसनका निर्णयकहरु संगित कर्मी बिम बस्नेत, बिम रसाइली, यमुना पराजुली र गोकुल न्यैपाने रहेका छन ।
दोस्रो अडिसन १४ गते शनिवार सिद्धार्थ बोर्डिङ स्कुल, खोर्सानमा विहान ११ बजे देखी सुरु हुने सुन्दरहरैंचा सांस्कृतिक परिवारका अध्यक्ष आनन्द बस्नेतले जनाएका छन् ।
विजेतालाई रु.१५ हजार, सहविजेतालाई रु.१५ हजार र उपविजेता लाई रु.१० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएका छन् ।