२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

तीजको दर खुवाउँदै गुरुकुल पाठशालाले गर्यो तीजमुलक साँस्कृतिक कार्यक्रम

Author Uttari Morang
आइतबार, भाद्र १५, २०७६
तीजको दर खुवाउँदै गुरुकुल पाठशालाले गर्यो तीजमुलक साँस्कृतिक कार्यक्रम

मोरङ्को बेलबारी ३ मा अबस्थित गुरुकुल पाठशालाले दर खुवाउने सहित तीज विशेष साँस्कृतिक कार्यक्रम गरेको छ ।
स्कुल परिसरमा आइतबार कार्यक्रम आयोजना गरि गुरुकुलले तीजमुलक साँस्कृतिक कार्यक्रम गरेको हो । बेलबारी नगरपालिकाको शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालाको प्रमुख आतिथ्य बेलबारी ब्यापार प्रबन्ध समितिका वरिष्ठ उपाध्यक्ष राजेशजङ कार्की लगायतको आतिथ्यता भएको कार्यक्रम स्कुलका अध्यक्ष केदार अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा उपस्थित सबैलाई तीजको दर समेत खुवाइएको थियो ।
कार्यक्रममा स्कुलका विद्यार्थीहरुले आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए । आधुनिक प्रबिधिबाअट पठनपाठन हुने गुरुकुलमा कक्षा ७ सम्म पठनपाठन हुँदै आएको छ ।