२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कला/संस्कृति

श्रमिक महिला समूह र कल्पेश्वर शिवालय मन्दिरले छुट्टाछुट्टै कार्यक्रम गरी मनाए तीज

Author Uttari Morang
मंगलबार, भाद्र १७, २०७६
श्रमिक महिला समूह र कल्पेश्वर शिवालय मन्दिरले छुट्टाछुट्टै कार्यक्रम गरी मनाए तीज
लामो समयदेखि महिलाहरुकाे हक हितकाे क्षेत्रमा काम गर्दै आएकाे संस्था श्रमिक महिला समूह बेलबारी र  कल्पेश्वर शिवालय मन्दिरले छुट्टाछुट्टै कार्यक्रम गरी तीज मनाएका छन्  ।
बेलबारी नगरपालिकाका उप प्रमुख ढाकाकुमारी पराजुलीले दुवै कार्यक्रमकाे उद्घाटन गरेकी थिईन् ।
साे अवसरमा बेलबारी नगरपालिका वार्ड नं १ का वाडाध्यक्ष चक्रबहादुर खुलाल, दिपज्याती महिला साकाेसकी अध्यक्ष पार्वती बराल, बेतना सामुदायिक वनका अध्यक्ष डम्बर बस्नेत, रेडियाे वेतनाका अध्यक्ष भाेजराज बस्नेत, बेलबारी जेसिसका अध्यक्ष दिपेन्द्र खुलाल लगायतकाे सहभागिता रहेकाे थियाे ।
साे अवसरमा तीज विशेष गीतहरुकाे पनि  प्रस्तुति पनि  गरिएको थियाे  ।
त्यसैगरी बेलबारी नगरपालिका वार्ड नं ३ मा रहेकाे कल्पेश्वर शिवालय मन्दिरले महिलाहरुकाे महान चाढ हरितालिका तीजकाे दिन विशेष कार्यक्रमकाे अायाेजना गरेर तीज मनाएकाे छ ।
बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीकाे प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा कल्पेश्यर शिवालय मन्दिरका प्रमुख सल्लाहकार महेन्द्र सुवेदी, नेपाल अपाङ्ग महिलासँघकी प्रदेश नं १ का संयाेजक भिमा खतिवडा, बेलबारी वहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रताव थापा, दिपज्याेेती महिला सहकारीका अध्यक्ष पार्वती बराल लगायतकाे उपस्तिती रहेकाे थियाे । संस्थाका उपाध्यक्ष हर्कराज राईले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
साे अवसरमा भाेजराज बस्नेत, दिनेश गिरी, अर्जुन कुलुङ राई लगायत विभिन्न चारजना संचारकर्मीहरुलाई सम्मान गरिएकाे थियाे।
कार्यक्रमलाई संबाेधन गर्दै  प्रमुख अतिथि बेलबालीका उपप्रमुख ढाकामारी पराजुलीले नेपाल बहु भाषिक , बहु सांस्कृतिक राष्ट्र भएकाेले तीजकाे विशेष महत्व रहेकाे वताईन् ।
साथै उपप्रमुख पराजुलीले अरुलाई सम्मान गर्न सकेका मात्र आफूलाई पनि अरुले सम्मान गर्ने वताईन ।
साे अवसरमा दीज्याेती साकाेसकी अध्यक्ष पार्वती बराल, अादिवासी जनजाती महासंघ नगर समन्वय समिति अध्यक्ष शान्ता धिमाल, बेलबारी बहुउद्देश्य सहकारीका अध्यक्ष प्रताप थापा, बेलबारी उद्याेग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष राजेशजङ्ग कार्की लगायतकालेे शुभकामना मन्तव्य दिएका थिए ।