२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

राजनीति छाडेर कुखुरा पालनतिर लाग्दै नेताहरु, बार्षिक लाखौंको कमाइ 

Author Uttari Morang
आइतबार, भाद्र २९, २०७६
राजनीति छाडेर कुखुरा पालनतिर लाग्दै नेताहरु, बार्षिक लाखौंको कमाइ 

केशु विरही, बेलबारी, मोरङ\ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तिका डिल्ली पुरी लामो समयसम्म राजनीतिमा सक्रिय रहे । तर पछिल्लो समय उनी राजनीतिबाट विश्राम लिएर आर्थिक उपार्जनका काममा लागेका छन् । आर्थिक उपार्जन विनाको राजनीति संभव नहुने नदेखेरै आफू विगत डेढ सालदेखि कुखुरा पालनतर्फ आकर्षित भएको उनी बताउँछन् ।

डिल्ली तुलसी राम पुरी र रुपा पुरीका तीनभाइ छोरामध्ये जेठा छोरा हुन् । उनी वि.स. २०३८ सालदेखि बामपन्थी राजनीतिमा लागे । विद्यार्थी जीवनबाट राजनीति सुरु गरेका उनी माले, एमाले हुँदै लामो समयसम्म माओवादीमा सक्रिय थिए । पछि एमाले र माओवादीविच एकीकृत भएर नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) बन्यो । यो विचमा उनले कुरा एकथोक तर काम भने अर्कैथोक हुने राजनीतिको अन्तरबस्तु राम्ररी बुझे । त्यसपछि उनलाई राजनीतिप्रति खासै विस्वास लागेन । त्यति लामो समयसम्म राजनीतिमा सकृय रहेका डिल्लीले अन्ततः अर्थनीति र त्यसको महत्वलाई बुझे र राजनीतिभन्दा अर्थनीतिलाई रोज्न पुगे ।

१७ लाख लगानी गरेर उनले घर नजिकैको आफ्नै दुई कठ्ठाजति क्षेत्रफलमा एउटा कुखुरा फारम खोले । नभन्दै उनले रोजेको बाटोले राम्रो परिणाम दियो । डेढ वर्ष अघि निर्माण गरेको फामबाट उनी अहिले सबै खर्च कटाएर वार्षिक ७ लाख जति आमदानी गर्दै आएका छन् ।

उनले राम्रो आम्दानी गरेको देखेर उनकै छेउमा डिल्लीका कान्छा भाइ रामले पनि यसपालिदेखि कुखुरा फारम सुरु गरेका छन् ।

उनले संचालन गरेको फाममा दुईजनाले प्रत्यक्ष रोजगार पाएका छन् । फारमको काममा दैनिक दुईजना मानिस खटिए पनि चारो खरिद तथा चल्लालाई औषधि लगाउने आदि काममा भने उनी आफै खटिन्छन् ।

यो कार्यमा आफूलाई घर परिवारले पनि मनग्गे सहयोग पुर्याउदै आएको उनी बताउँछन् ।

उनले कुखुरा फामका अलावा फारमको वरिपरि धान तथा अर्गानिक सब्जी खेती समेत गर्दै आएका छन् । अर्गानिक सब्जी खेतीले घरमा खान राम्री पुगेको उनकी आमा रुपा पुरी बताउंँछिन ।

उनले संचालन गरेको यो व्यवसायमा उनको पूरै परिवारको सहयोग र समर्थन रहेको छ । झन् अरुलाई भन्दा पनि उनकी श्रीमती गंगालाई श्रीमानले घरमै कुखुरा पालन गरेकोमा साह्रै खुसी लागेको छ ।

रानजीतिमा सक्रिय रहँदा सधैँ बाहिर बाहिर रहँने तर अहिले राजनीति छाडेर घरमै कुखुरा फारम
संचालन गरेपछि घरकै कममा व्यस्त रहँदा आफूलाई पनि खुसी लागेको डिल्लीकी श्रीमती गंगा बताउँछिन ।

हाल उनको फारममा कुखुरा किन्न स्थानीयदेखि लिएर धरानसम्मका व्यापारीहरु पनि आउने गरेका छन् । मासु खानेको सङ्ख्या दैनिक रुपमा वढ्दो रहेकोले उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको उनी बताउँछन् ।

राजनीतिमा रहँदा सधै बाहिरै मात्र रहने तर अहिले यो घरमै फारम संचालन गरे पछि भने विशेष कामले बाहिर जाने वाहेक बाँकी समय घरमै रहने उनकी श्रीमती गंगा पुरी बताउछिन् ।

त्यसो त जुनसुकै व्यवसायमा पनि समस्या तथा चुनौति हुन्छन् नै । अन्य मासुको मूल्य निश्चित रुपमा तोकिने भए पनि यसको भाउ चाहिँ डिलरले तोक्ने, उनीहरुले आफूलाई वढी नाफा राखेर मात्र भाउ तोक्ने हुनाले किसानले भनेजस्तो नाफा लिन नसकेको उनको ठम्याइ रहेको छ ।

त्यसो त पुर्व सांसद हर्कमानले पनि निकै बर्षदेखि लालभित्तिस्थित घरमै कुखुरा पालन गर्दै आएका छन् । लेयर्स कुखुरा पालन गरेका तामाङको फर्म हाल परिवारले सम्हाल्दै आएका छन् ।

आदर्शका कुरा परै छाडेर राजनीतिका नाममा वेतुकका गफ गरेर हिँड्नेले बेलबारीका यी पुरी र तामाङ लगायतबाट धेरै सिक्न जरुरी छ । तपाई पनि अब उनीहरू झैँ ब्यबशाय शुरु गरेर आय आर्जनको बाटोमा लाग्ने हो कि ?