२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

१३ औं साधारणसभाकाे अवसरमा लालभित्ती साकोसको रक्तदान, ५१ प्रिण्ट रगत संकलन

Author Uttari Morang
शुक्रबार, आश्विन १०, २०७६
१३ औं साधारणसभाकाे अवसरमा लालभित्ती साकोसको रक्तदान, ५१ प्रिण्ट रगत संकलन

बेलबारी, माेरङ/ बेलबारी २ मा रहेकाे लालभित्ती वचत तथा ऋण सहकारीले १३ औं वार्षिक साधारणसभाकाे अवसर पारेर खुल्ला रक्दान कार्यक्रम सम्पन्न गरेकाे छ ।

पूर्व पश्चिम लाेकमार्गसँगै जाेडिएकाे लालभित्ती चाेकमा  गरिएकाे रक्तदान कार्यक्रममा ५१ प्रिन्ट रगत जम्मा भएकाे छ ।

आयाेजक संस्था लालभित्ती वचत तथा ऋण सहकारीका अध्यक्ष सिताराम न्याैपानेले संस्थाकाे वार्षिक साधारणसभाकाे अवसर पारे रक्तदान गरिएकाे वताए ।

पछिल्लाे समय रगतकाे अभाव भैरहेकाे वेलामा गरिएका यस्ता रक्तदानले रगतकाे अभावलाई थाेरै भए पनि कम गर्ने आसा गरिएकाे छ ।