२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

मोटरसाइकल दुर्घटनामा ज्यान गुमाए एक विद्यार्थीले, लालभित्ति शोकमा

Author Uttari Morang
शनिबार, आश्विन १८, २०७६
मोटरसाइकल दुर्घटनामा ज्यान गुमाए एक विद्यार्थीले, लालभित्ति शोकमा

मोरङको सुन्दरहरैचा ७ ठडिया चौक स्थित पूर्व पश्चिम लोकमार्गमा बोलेरो र मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाईते भएका एक बिद्यार्थीको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३५ प १४२२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको को १ ज ३१६८ नम्बरको बोलेरो जिप बिहिबार आपसमा ठोक्किएर घाईते भएका बेलबारी -२ लालभित्तीका याेगेश निराैलाकाे शुक्रबार  मृत्यु भएकाे हाे ।

विहिबार अपरान्ह घाइते दुवैलाई उपचारको लागि विराटागर स्थित न्युरो अस्पताल लगिएको थियो ।

मृतक याेगेश स्थानीय शिक्षा सन्देश इङिलस ई स्कुलमा कक्षा १२ मा अध्यायनरत थिए । निराैलाकाे धार्मिक परम्परा अनुसार शुक्रबार नै दाह संस्कार गरिएकाे छ ।

दशैको मुखमा भएकाे उनकाे अकल्पनीय मृत्युले उनको परिवार सहित लालभित्ती शोकमा डुबेको छ ।