२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

छोराको जन्मोत्सवमा कार्कीले विद्यार्थीहरुलाइ दिए न्यानो कपडा

Author Uttari Morang
मंगलबार, आश्विन २१, २०७६
छोराको जन्मोत्सवमा कार्कीले विद्यार्थीहरुलाइ दिए न्यानो कपडा

बेलबारी। जब जब यी हातहरु समाजप्रति झुक्न थाल्छन् तब तब मन भित्र बिछट्टै खुसिका फुल्काहरु फुल्न थाल्छन्।

केराबारी गाउपालिकाका युवा भिम कार्कीले आफ्नो छोरा रिदम कार्किको जन्मोत्सव को अवसर पारी एक विधालयका विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन ।

७ वर्षिय आफ्नो छोराको जन्मदिन  बेलबारी २ स्थित श्री सहिद स्मृती आधारभुत विधालयमा अध्ययनरत विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेर मनाएका हुन ।

विपन्न वर्गका करिब ४५ जना विधार्थीले उक्त विधालयमा अध्ययन गर्दै आइरहेका छन । दैनिकी के खाउ र के लाउ भन्ने अवस्थामा रहेका परिवारको विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेर सहयोग गरेकोमा विधालयका अध्यक्ष पदम कार्किले धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्तो कार्यले अन्य व्यक्तिहरुलाईब्प्रभावित बनाउन सकिने बताए ।

रिदमका पिता भिम कार्किले भड्किलो तरिकाले जन्मदिन मनाउनु बन्दा यस्तो किसिमको जन्मदिनले समाजमा समेत राम्रो हुने भएकोले यस्तो किसिमले मनाएको बताए । उनले उक्त विधालयमा अध्ययनरत विधार्थीहरुको लागि दैनिकी खाजा खुवाउने व्यवस्था समेत गर्ने बताए ।