२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

भाउन्नेमा तेस्रो डाँगीहाट गोल्डकप हुँदै, तयारी अन्तिम चरणमा

Author Uttari Morang
मंगलबार, आश्विन २८, २०७६
भाउन्नेमा तेस्रो डाँगीहाट गोल्डकप हुँदै, तयारी अन्तिम चरणमा

मोरङको बेलबारी १० भाउन्नेमा यहि कात्तिक ३ गतेदेखि तेस्रो डाँगीहाट गोल्डकप  हुने भएको छ ।

नेपालका ए डिभिजन क्लब, राष्ट्रिय टिम तथा अफ्रिकन खेलाडिहरुको सहभागिता रहने गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले बताए ।

त्यसैगरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिलाई नगद ३० हजार, बढी गोल गर्नेलाई १५ हजार र वेष्ट गोलकिपर, वेष्ट डिफेन्स, वेष्ट मिडफिल्डर, वेष्ट फर्वाड, वेष्ट कोच, उदयमान खेलाडी प्रत्तेकलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्तेक खेलको मेन अफ द म्याचले नगद ५ हजार पाउने छ ।

प्रस्तावित डाँगीहाट रंगशाला बेलबारी १० भाउन्नेमा संचालन हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा डाँगीहाट फुटबल क्लब मोरङ रातो, चर्च ब्वाइज क्लब काठमाण्डौ, धरान फुटबल क्लब सुनसरी, ब्वाइज युनियन काठमाण्डौ, डाँगीहाट फुटबल क्लब मोरङ निलो, पाँचथर क्लब पाँचथर, सिराहा फुटबल क्लब गोलबजार सिराहा र काँकडभित्ता ट्रेनिङ सेन्टर झापाले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

उद्घाटन खेलमा चर्च ब्वाइज र काँकडभित्ता ट्रेनिङ सेन्टरले प्रतिस्पर्धा गर्नेछन । डाँगीहाट फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा बेलबारी नगरपालिका बिशेष सहयोगिको रुपमा रहेको छ भने डाँगीहाटका विभिन्न संघसंस्था तथा देश विदेशमा रहेका नेपालीहरुले पनि प्रतियोगितामा सहयोग रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ ।

प्रतियोगिता संपन्न गर्न २४ लाख खर्च तथा ३३ लाख आम्दानी हुने अध्यक्ष लिम्बुले बताए । आयोजकले ५० हजार दर्शकले खेल हेर्ने अनुमान गरेको छ ।
२०६६ सालमा स्थापना भएको क्लबले विगतमा पनि दुईवटा गोल्डकपको आयोजना गरिसकेको छ ।