२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

एनआरएन अध्यक्षमा कुमार पन्त बिजयी, नेकपा समर्थित प्यानलकै बाहुल्यता

Author Uttari Morang
शुक्रबार, कार्तिक ०१, २०७६
एनआरएन अध्यक्षमा कुमार पन्त बिजयी, नेकपा समर्थित प्यानलकै बाहुल्यता

जर्मनीमा होटल व्यवसाय गरिरहेका पन्त गोरखाका हुन्।  अध्ययनका सिलसिलामा बेल्जिमय पुगेका उनी त्यहाँबाट   होटलमा काम गर्न जर्मनी पुगेका थिए। जर्मनीमा हाल उनी र गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेको लगानीमा तीन दर्जन होटल संचालनमा छन्।

गोरखा घर भएका पन्त सन् सन् १९९९ देखि जर्मनीमा छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए ।

मत मरिणाम अनुसार  उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् ।

त्यसैगरी महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् । सचिवमा गौरी जोशी, आरके शर्मा विजयी भएका छन्  । यस्तै सह–कोषाध्यक्षमा लोक दाहाल र भुमा लिम्बु विजयी भएका छन् ।

निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र कांग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए ।

आगामी दुई वर्षको नेतृत्व चयनका लागि बिहीबार भएको निर्वाचनमा दुई हजार ५ सय ७० मत मध्ये २ हजार ३ सय ४० मत खसेको थियो ।

कसले कति मत ल्याए ?

अध्यक्षमा कुमार पन्त-१२१७, कुल आचार्य १०७० मत ।
उपाध्यक्षमा डा. बद्री केसी (११६३ मत), अर्जुनकुमार श्रेष्ठ (१०२६ मत) , मन केसी (९६१ मत) र सोनाम लामा (८९८ मत) सहित बिजयी ।  डा. केशव पौडेल (८७०), नरेन्द्रबहादुर भाट (७५९), धर्मराज अधिकारी (७५५), किरणविक्रम थापा (४२३) र हिक्मतबहादुर थापा (४१४) पराजित ।

महिला उपाध्यक्षमा रविना थापा १ हजार २ सय ३२ मत सहित बिजयी, सपिला राजभण्डारी ८ सय ६३ मत ल्याइ पराजित ।

महासचिवमा डा. हेमराज शर्मा १ हजार १ सय ३९ मत ल्याएर विजयी म जानकी गुरुङ (१०५३) पराजित ।

दुई सचिवपदका लागि  सात जना भिडेकोमा गौरीराज जोशीले ९ सय १६ मत र आरके शर्माल ८ सय ६८ मत ल्याइ निर्वाचित, शिवकुमार बरुवाल (५७९), अभिमान सिंह बस्नेत (४९९), सुष्मा लिम्बु (४४१), दीपकप्रसाद ओली (२७०) र विनय अधिकारी (२६८) पराजित ।

कोषाध्यक्ष पदमा महेशकुमार श्रेष्ठ १ हजार ६ सय ५३ मत सहित विजयी, अर्का प्रत्यासी सुदन थापा ५ सय ४७ मत ल्याइ पराजित ।

सह–कोषाध्यक्षमा लोकप्रसाद दाहाल १ हजार १ सय ८४ मत ल्याइ विजयी, गोविन्दप्रसाद गौतमले ८ सय ५२ मत ल्याइ पराजित ।

त्यस्तैगरी महिला संयोजक पदमा भोमादेवी लिम्बु ७ सय २ मत ल्याइ विजयी, जुनु गुरुङ (४०७) , प्रमिला खड्का बस्नेत (३७५) र संगिता मरहठ्ठा शर्मा (६५२) पराजित ।

युवा संयोजक पदमा हिमाल गुरुङले ७ सय ६८ मत ल्याइ विजयी, सुदिप कार्की ६ सय ५५ र स्वतन्त्र प्रताप शाह ७ सय ३३ मत ल्याइ पराजित ।