२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

डाँगीहाटलाई पराजित गर्दै क्लबस्तरीय खुल्ला नकआउट फुटबलको फाइनलमा पुग्यो केराबारी

Author Uttari Morang
बुधबार, कार्तिक ०६, २०७६
डाँगीहाटलाई पराजित गर्दै क्लबस्तरीय खुल्ला नकआउट फुटबलको फाइनलमा पुग्यो केराबारी

बेलबारी –२ लालभित्तीमा जारी क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा केराबारीको डाँगी फुटवल क्लव फाइनलमा प्रवेश गरेको छ ।

सिंहदेवी युवा समूह बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेदेखि संचालन भइरहेको क्लवस्तरीय खुल्ला नकआउट फुडवल प्रतियोगितामा डाँगीहाट फुटबल क्लवलाई ० का विरुद्द्द १ ले हराउँदै डाँगी फुटवल क्लव केराबारी फाइनल प्रवेश गरेकोे हो ।

खेल सुरु भएको ९ औँ मिनेटमा डाँगीहाट फुटबल क्लवका जर्सी नं ९ का विरेन लिम्बूले पहिलो गोल गरेका थिए । ० –१ को अन्तरमा पहिलो हाप समाप्त भएको उक्त खेलमा दोश्रो हापमा दुबै टिमबाट कुनै गोल हुन सकेन ।

डाँगीहाटका जर्सी नं ९ नं खेलाडी शन्तोष मगरले डाँगीहाटकातर्फबा गतिलो प्रहार गरे पनि केराबारीका गोलकिपर पूर्ण चेम्जोङले त्यसलाई असफल पारिदिएका थिए ।

कुनै गोल लाउन नसकेर निरास भएकै बेलबामा दोश्रोहास सकिन २ मिनेट बाँकी रहँदा डाँगीहाटका जर्सी १० का शंकर राईले पहेलो कार्ड पाए पछि गाँगीहाट झनै निरास भएको थियो ।

अन्ततः कुनै पनि गोल नभए पछि विरेन लिम्बूको पहिलो गोलले डाँगी फुटवल क्लवलाई फाइनलमा प्रवेस गर्न बाटो खुलेको हो ।

शिक्षा सन्देश इ स्कुल बेलबारी २, लालभित्ती र बालप्रतिभा इ स्कुल सुन्दरहरैंचा १० प्रायाेजक रहेको उक्त प्रतियोगिताको फाइनल खेल ९ गते शनिबार हुने आयोजक समितिका तिर्थबहादुर नेउपानेले जानकारी दिए।

आजको प्रतियोगितामा केराबारी डाँगी फुटवल क्लवका विरेन लिम्बू मेन अफद म्योच घोषित भए ।

कार्तिक ७ गतेको सेमिफाइनल खेल नरेन्द्र स्मृति क्लव र बेलबारी फुटबल क्लव बेलबारीविच हुने आयोजकले जनाएको छ ।

बेलबरी नगरपालिका वार्ड नं २ मा रहेको बागदेवी खेलमैदानको स्तरउन्नतिको मूख्य उद्देश्यकासाथ प्रतियोगिता संचालन गरिएको आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले रु ५१ हजार, सिल्ड तथा प्रमाण पत्र पाउनेछन् ।