२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

नेकपाद्वारा धरान उपमहानगरको मेयरका लागि ३ जनाको नाम सिफारिस

Author Uttari Morang
शुक्रबार, कार्तिक १५, २०७६
नेकपाद्वारा धरान उपमहानगरको मेयरका लागि ३ जनाको नाम सिफारिस

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उप महानगरपालिकाको मेयरका लागि नेकपा धरानले ३ जनाको नाम सिफारिस गरेको छ ।

पार्टी कार्यलयमा शुक्रबार बसेको नेकपाको स्थानीय  कमिटी बैठकले जिल्ला सदस्य तथा सुनसरी १ का संयोजक प्रकाश राई, जिल्ला सदस्य तथा धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ) तथा जिल्ला सदस्य बेणु काफ्लेकाे नाम सिफारिस गरेकाे हाे ।

नेकपा केन्द्रीय कमिटीले कार्तिक १० गते भित्र उम्मेदवारको नाम सिफारीस गर्न मातहतका कमिटीलाई निर्देशन दिए पनि आकाक्षीहरु धेरै भएको कारण पटकपटकको बैठकबाट पनि उम्मेदवारको टुङ्गो लगाउन सकेेको थिएन ।

सिफारिस गरिएको नाम जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेर उमेदवारको टुङ्गो लाग्नेछ ।

धरान उपमहानगर पालिकाको मेयर पदको नेकपा भित्र  केन्द्रीय सदस्य किरण राई, प्रदेश सदस्य विजय राई, रमेश बस्नेत, मनोजकुमार  मेयाङम्बो, आइन्द्रविक्रम बेघा, जिल्ला सदस्य प्रकास राई, पदम इम्वो, तिर्थ मास्के, चोत्लुङ  लगायत एक दर्जन बढी आकांक्षी देखिएका थिए   ।