२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

महालक्ष्मी नगरपालिकाका वडा वडामा चल्न थाल्यो नेकपाको कार्यकर्ता प्रशिक्षण

Author Uttari Morang
सोमबार, कार्तिक १८, २०७६
महालक्ष्मी नगरपालिकाका वडा वडामा चल्न थाल्यो नेकपाको कार्यकर्ता प्रशिक्षण

धनकुटाको महालक्ष्मी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

उल्लेख कार्यकर्ताहरुको उपस्थितिमा आइतबार भएको प्रशिक्षण कार्यक्रममा नेकपा प्रदेश कमिटी सद्स्य क. धर्मराज पैडेल र क. गणेश राई, नेकपा धनकुटा जिल्ला कमिटी सचिवालय सद्स्य क. राम कार्की (निराजन), जिल्ला सचिवालय सद्स्य तथा महालक्ष्मी नगरपालिका उपप्रमुख मन्जु अधिकारी धनकुटा जिल्ला कमिटी सद्स्य तथा महालक्ष्मी नगरपार्टी इन्चार्ज खगेन्द्र सुवेदी, सह इन्चार्ज यम कार्की लाल बहादुर महतरा, जिल्ला कमिटी सद्स्य तथा महालक्ष्मी ३ नम्बर वार्ड अध्यक्ष क. भरत थापा,  लगायतको उपस्थिति थियो । त्यसैगरी नेकपा महालक्ष्मी नगरपार्टी अध्यक्ष क. प्रेम खड्का, सचिव बिस्णु दाहाल प्रचार तथा प्रकाशन बिभाग प्रमुख दुर्गा कुवर, सचिवालय सद्स्य सङिता कटुवाल, नगरपार्टी सद्स्य तथा एक नम्बर वार्ड पार्टी इन्चार्ज पदम बुढाथोकी लगायत पनि प्रशिक्षणमा सहभागी थिए ।

कार्तिक १७ गते महालक्ष्मी नगरपालिका वार्ड न एकबाट   सुरु भएको वडा स्तरीय प्रशिक्षण कार्यक्रम कार्तिक २५ गते समापन हुने नेपाल कम्युनिस्ट पार्टी नेकपा महालक्ष्मी नगरपार्टी सचिवालय सद्स्य प्रचार तथा प्रकासन बिभाग प्रमुख दुर्गा कुवरले जानकारी दिएका छन् ।