२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

सुनसरीका ३९ भन्दा वढी स्थानमा भारतको अतिक्रमण, २३ वटा सिमा स्तम्भ नै गायब

Author Uttari Morang
सोमबार, कार्तिक २५, २०७६
सुनसरीका ३९ भन्दा वढी स्थानमा भारतको अतिक्रमण, २३ वटा सिमा स्तम्भ नै गायब

कालापानी र लिपुलेक लगायत मुलुकभर  भारतसँगको सिमा बिवाद चर्किरहेको बेला सुनसरीमा ३९ भन्दा वढी स्थानमा नेपाली भूमि अतिक्रमण भएको छ ।

सुनसरीका दक्षिणबर्ति  सिमा क्षेत्रहरुमा भारतले भुमि  अतीक्रमण गरेको पाइएको हो  ती ठाउँमा उनीहरूले घर निर्माण र खेतीपाती गरीरहेका छन । सुनसरीमा २३ वटा सिमा स्तम्भहरु हराएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख कृष्ण ढकालले बताए ।

सुनसरीमा ४ मुख्य र १९ सहायक स्तम्भ गायब छन् । भारतको विहार राज्यसँग सिमाना जोडिएका साबिकका श्रीपुर, हरिपुर, नरसिंह, लौकही, घुस्की, बसन्तपुर, देवानगन्ज, अमडुवा, राजगन्ज सिनुवारी आदि स्थानमा भारतले अतिक्रमण गरेको स्थानीय बताउछन ।

अतिक्रमित भूमिमा ५ सयभन्दा बढी घरटहरा बनाएर भारतीय नागरिक  बसेेका छन् । हरिनगराको वडा नं. ५ र ७ मा पिलर गाडिएको स्थल नजिकै भारतीयहरु छाप्रो बनाएर बस्दै आएका छन् । सिमा क्षेत्रमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल २४ सै घण्टा तैनाथ रहेपनि अतिक्रमण रोकिएको छैैन ।

बर्षैपिच्छे सिमा मिच्दै भारतीय नागरीकहरूले छाप्रा बनाउन थालेपछि नेपाली स्थानीयहरू आजित बनेका छन्। अन्तराष्ट्रिय सिमा नियम अनुसार दश गजा क्षेत्रमा दुवै देशका नागरिकहरुले कुनै गतिविधि गर्न पाईदैन । तर नेपाल र भारतका सिमाको दशजगा क्षेत्रमा भारतीय पक्षले खुलेआम रुपमा बसोबास गर्ने र खेती लगाउने कार्य गर्दै  आएका छन् ।

सुनसरीको दक्षिणवर्ति क्षेत्रहरुमा भारततर्फ खेत भएका भारतीयहरुले दशगजा क्षेत्रमै खेती लगाएका र घर बनाएका छन् । तर दश गजा क्षेत्रका नेपालतर्फ बसोबास गर्ने स्थानीयहरु भने बोल्नै डराउँछन् । सुनसरीका थुप्रै स्थानका दश गजा क्षेत्र अतिक्रमणमा परे पनि सिमा क्षेत्रका नेपालीहरुले चुप लागेर बस्नुपर्ने बाध्यता छ ।