२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

कतारका दानी कम्पनी मालिक, जसले मोरङका एक कामदारलाई दिए साढे ४ लाख इनाम

Author Uttari Morang
सोमबार, मंसिर ०९, २०७६
कतारका दानी कम्पनी मालिक, जसले मोरङका एक कामदारलाई दिए साढे ४ लाख इनाम

कतारको प्रतिष्ठित कम्पनी नासर अल इन्टरप्राइजेजमा कार्यरत मोरङका गोर्खबहादुर राईलाई कम्पनी मालिक नासर अल अलीले पन्ध्र हजार रियाल अर्थात् नेपाली ४ लाख ७२ हजार इनाम प्रदान गरेका छन् ।

विगत दशवर्षदेखि सोही कम्पनीमा कार्यरत राई इमान्दार र लगनशील भएर काम गरेवापत कम्पनीले उनलाई सो रकम प्रदान गरेको हो। कन्स्ट्रक्सनमा हेल्परका रुपमा आएका उनी अहिले सोही कम्पनीको सिभिल फोरमेन भइसकेका छन्।
नासर अल अली इन्टरप्राइसेसमा काम गरेर झापामा जग्गा जोडिसकेको उनले बताए । कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले सबै कामदारहरुसँग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक भएको राइले बताए ।

यो पनि पढ्नोस न …

कम्पनीका मालिक जो कामदारका छोराछोरीको पढाई खर्च पनि दिन्छन्