२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

महिला त होइन, सिद्धबाबा कृष्णदास चाहिँ पो ‘बलात्कार’ मा परेका थिए कि क्याहो !

Author Uttari Morang
शनिबार, मंसिर १४, २०७६
महिला त होइन, सिद्धबाबा कृष्णदास चाहिँ पो ‘बलात्कार’ मा परेका थिए कि क्याहो !

सुुुनसरीको चतरास्थित आश्रममाा बस्ने सिद्धबाबा अर्थात  कृष्णदास गिरीलाई एक महिलाले बलात्कारको अभियोग लगाए पनि उनै महिलाले फेसबुकमा निरन्तर एकोहोरो म्यासेज पठाएको पाइएको छ ।

कृष्णदासमाथि बलात्कार जस्तो गम्भीर र संगीन आरोप लगाएकी महिलाले पठाएका म्यासेज प्रहरीले फेला पारेपछि  घटनाले नयाँ मोड लिएको हो । गिरीमाथि कात्तिक ४ गते बलात्कार गरेको आरोप लगाएकी महिलाले पठाएका एसएमएस प्रहरीले संकलन गरेको छ। तीमध्ये केही म्यासेज प्रहरीले सार्वजनिक पनि गरेको  छ।

प्रहरीले संकलन गरेको म्यासेजबाट महिलाले नै निरन्तर भेट्न खोजेको देखिएको छ। आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाए पनि उनै महिलाले भने आफैँ जबरजस्ती भेट्न त्यहाँ पुगेको म्यासेजले देखाएको हो ।

प्राप्त फेसबुक च्याटको स्क्रिन सर्टमा पीडित भनिएकी महिलाले एकतर्फी रुपमा म्यासेज पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एक अधिकृतले बताए। गिरीलाई भेट्न पाऊँ, चुम्बन गर्न पाऊँ, अंकमाल गर्न पाऊँ भन्ने खालका अनगिन्ती म्यासेज ती महिलाले पठाएकी थिइन् ।

एकोहोरो प्रेममा परे जस्तो देखिने ती महिलालाई कृष्णदासले कुनै जवाफ फर्काएका छैनन् ।  ‘केही त गरिस्यो, हरेक रात हजुरसँग बितोस, होइन भने मर भनिस्यो’, केही म्यासेजमा उनले भनेकी छिन्, ‘मेरो इच्छा पुरा गरेर जति गाली गरेनी गरिस्यो’ महिलाले पठाएको एउटा म्यासेजमा लेखिएको छ ।

महिलाले धेरै पटक एकोहोरो म्यासेज पठाएपछि गुरूले गाली गरेको कृष्णदासका अनुयायीहरूलेे बताएका छन्। कात्तिक १ गते साँझ चतरामाा गरिएको एक आरतीमा धेरैजना अनुयायी र भक्तजनका अगाडि कृष्णदासले गाली गर्दै आइन्दा त्यस्तो म्यासेज नगर्न चेतावनी दिएको प्रत्यक्षदर्शी बताउँछन्।
गिरीले चेतावनी दिँदासमेत म्यासेज नरोकिएपछि कात्तिक १९ गते ‘सार्वजनिक गाली बेइज्जती’ गरेको भन्दै काठमाडौंको केन्द्रीय अनुसन्धान ब्यूरोमा निवेदनसमेत दिएको गिरीका अनुयायीले दाबी गरेका छन् ।

चतरास्थित महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका अनुसार आरोप लगाउने महिला मसिंर २७ गते ताप्लेजुङको पाथीभरा मन्दिरको धार्मिक भ्रमणको क्रममा चतरासमेत आएकी थिइन् । तीन दिनको भ्रमणपछि ती महिला आश्रममै बसेर ६ गते काठमाडौ फर्किएकी थिइन् ।

पीडित भनिएकी महिलाको जाहेरीको आधारमा प्रहरीले अनुसन्धान थालेको छ ।  जिल्ला प्रहरी कार्यालय सुनसरीले बिहीबार चतरा पुगेर स्थलगत मुचुल्का तयार पारिसकेको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए ।