२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

लेटाङलाई पराजित गर्दै एपिएफ पुर्वान्चल दोस्रो कुसुमे उद्यौली कपको सेमिफाइनलमा

Author Uttari Morang
शनिबार, मंसिर २१, २०७६
लेटाङलाई पराजित गर्दै एपिएफ पुर्वान्चल दोस्रो कुसुमे उद्यौली कपको सेमिफाइनलमा

केराबारीमा जारी दोस्रो कुसुमे उद्यौली कप खुल्ला नकआउट फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपिएफ) सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिवार भएको दोस्रो दिनको खेलमा लेेटाङ फुटबल क्लबलाई  ४–२ गोलको अन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको  हो ।

लेटाङको तर्फबाट मनि राइले पहिलो हाफको ३ मिनेट र ७ मिनेटमा गोल गरेका थिए । पहिलो हाफको शुरूवाती चरणमा लेटाङको अग्रता भए पनि पहिलो हाफसम्ममा एपीएफले २ गोल  गर्दै खेललाई बराबरी गोल बनाााएको थियो ।  तर फलको कारण दुई पहेेंंलो कार्डसँगै रातो कार्ड पाउँदै मनि बाहिरिएपछि लेटाङ १० खेलाडीमा सिमित भएको थियो ।

एपिएफको तर्फबाट आकाश राईले पहिलो हाफको १२ मिनेटमा पहिलो गोल गरेका थिए भने लेटाङका मनि बाहिरिए लगत्तै  योगेशले नै दोस्रो गोल गरेका थिए । मध्यान्तरपछि एपीएफका योगेश बुर्जा र कृष्ण थापाले एक एक गोल थप्दै जित सुनिश्चित गरेका थिए ।

मध्यान्तरपछि लेटाङले राम्रो प्रदर्शन गरेपनि थप गोल गर्न सकेन तर शशस्त्रले थप गोल गर्दै खेललाई ४-२ को नतिजामा पुर्याउँदै सेमिफाइनल यात्रा सुनिस्चित गर्यो ।

शनिबारको खेलमा शशस्त्रका आकाश म्यान अफ दि म्याच घोषित भए । उनले १ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । आइतबारको खेल बेलबारी फुटबल क्लब र पथरी फुटबल क्लबबिच हुने आयोजकले जनाएका छन् ।

केराबारी गाउँपालिकाको सहयोगमा भैरहेको प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ र उपविजेताले ३१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल आउँदो मंसिर २६ गते हुनेछ ।