२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

सुन्दरहरैंचामा हुनेभो नेपाल तामाङ घेदुङ सङ्घको प्रथम प्रदेश अधिवेसन, तयारी अन्तिम चरणमा

Author Uttari Morang
शनिबार, मंसिर २८, २०७६
सुन्दरहरैंचामा हुनेभो नेपाल तामाङ घेदुङ सङ्घको प्रथम प्रदेश अधिवेसन, तयारी अन्तिम चरणमा

नेपाल तामाङ घेदुङ सङ्घ प्रदेश नं १ को प्रथम  प्रदेश अधिवेसन सुन्दरहरैंचामा हुने भएको छ ।

शनिबार  सुन्दरहरैंचा १० मा रहेकाे रिन्झेन छाेलिन बाैद्ध गुम्बाकाे निर्माणस्थलमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै आयाेजकले साे जानकारी गराएकाे छ ।

अधिवेसनमा प्रदेश १ का चाैधवटा जिल्लाबाट कम्तिमा ४ सय जति प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने नेपाल तामाङ धेदुङ सङ्घ प्रदेश १ का अध्यक्ष मित्रसेन याेन्जनले बताए । उनले अधिवेसनकाे तयारी अन्तिम चरणमा पुगेकाे पनि वताए ।

पाैष १ र २ गते संचालन हुने अधिवेसनकाे उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने आयाेजकले जनाएकाे छ ।

साे अवसरमा नेपाल घेदुङ सङ्घका सङ्घीय अध्यक्ष माेहन गाेले सचिव रामकृष्ण व्लाेन, तामाङ भाषा तथा साहित्य विभाग प्रमुख काजिमान थिङ लगायत विभिन्न जातीय संघ संस्थामा विषिष्ट महानुभावहरुकाे उपस्थिति रहने आयाेजकले जनाएकाे छ ।

पत्रकार सम्मेलनमा नेपाल तामाङ धेदुङ सङ्घ प्रदेश १ का अध्यक्ष मित्रसेन याेन्जनले घेदुङ संघ आफ्नाे अधिकार खाेज्ने क्रममा अरुकाे अधिकार हनन नहाेस भन्ने कुरामा सचेत रहेकाे, आफूहरु जातीय सहिष्णुता वचाउने काममा लागिरहेकाे वताए ।