२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

हराएका मोबाइल खोज्नमा सफल बन्दै इप्रका बेलबारी, एक महिनाभित्रै १९ जनाले फिर्ता पाए मोबाइल

Author Uttari Morang
आइतबार, मंसिर २९, २०७६
हराएका मोबाइल खोज्नमा सफल बन्दै इप्रका बेलबारी, एक महिनाभित्रै १९ जनाले फिर्ता पाए मोबाइल

ईलाका प्रहरी कार्यालय बेलबारीले विभिन्न समयमा विभिन्न स्थानबाट हराएका ११ वटा मोबाइल खोजी गरी सम्बन्धित ब्यक्तिहरुलाई बुझाइ दिएको छ।

एक महिनाको बिचमा दोस्रोपटक मोबाइल हस्तान्तरण कार्यक्रम तथा पत्रकार सम्मेलनमा  गर्दै इप्रका बेलबारीका प्रमुख गुणराज बुढाथोकीले फेला परेका ११ थान मोबाइल सेटहरु मोबाइल धनीलाई बुझाएका हुन् ।

हराएका मोबाइल प्राप्त गर्नेमा मोरङ केराबारीका केदार मगर, चैनपुर ११ संखुवासभाका चिरञ्जीवी पाण्डे, बेलाबारी ११ मोरङका एलिना राई , बेलबारी १ कै कुमारी गुरुङ, सुन्दरहरैचा २ का टंक बि.क , इटहरी २ की सजिना राई , धरान १८ सुनसरीका धनराज लिम्बु, इनरुवाका डम्बर कार्की , भक्तपुरका संजय क्षेष्ठ , बेलबारी ५ का भुद्रीदेवी माझी र बेलबारी ६ का लक्ष्मण धामी रहेका छन् ।

हराएको मोबाइल पाएपछि सुन्दरहरैचा २ का टंक बिकले खुसी हुँदै दुई महिना अघि हराएको मोबाइल फेला पर्छ भनेर पत्यार नलागेेको तर  बेलबारी प्रहरीले फेला पारिदिएको भन्दै धन्यवाद दिए ।

त्यसो त एक महिनाअघि कार्तिक २८ गते पनि ईलाका प्रहरी कार्यालय बेलबारीले आठवटा मोबाइलहरु फिर्ता दिएको थियो । त्यसबेला बेलबारीका सुष्मा सुन्दास, रन्जना राई , योगेन्द्र बिक, गोबिन्द श्रेष्ठ, तुलसी श्रेष्ठ, सुन्दरहरैचाका सुरज चौधरी, आशिष सुन्दास र उदयपुरका महेश चौधरीका मोवाइलहरू फेला पारी फिर्ता दिइएको थियो । इप्रका बेलबारीका प्रमुख तथा प्रहरी निरीक्षक गुणराज बुढाथोकीले ती मोबाइलहरु फिर्ता दिएका थिए ।

ईलाका प्रहरी कार्यलय बेलबारीले मोबाइल डेक्स नै खडा गरी हराएका मोबाइलको निवेदन लिने र खोजीका लागि अनुसन्धान गर्न थालेपछि मोबाइल भेटिने क्रम बढ्न थालेको छ ।

त्यसो त ईलाका प्रहरी कार्यलय बेलबारीले मोबाइल डेक्स नै खडा गरी हराएका मोबाइलको निवेदन लिने र खोजीका लागि अनुसन्धान गर्न थालेपछि मोबाइल भेटिने क्रम बढ्न थालेको छ ।

२०७५ असारमा बेलबारी ६ स्थित लक्ष्मण धामी खवासको घरबाट कानवाजा १ जोर, सिक्री १, नथिया १, सिरवन १, चादीको हार २५ तोला, ब्रासलेट ४/४ तोलाको २ थान सहित गरगहना चोरीमा संलग्न बेलबारी ९ का आशेदेवी चौधरीलाई चोरीका सामानसहित पक्राउ गरिएको र निजसंग सुन खरिद गर्ने बेलबारी ११ लक्ष्मिमार्गस्थित अमृता दक्षिणकाली ज्वेलर्सका संचालक हजिन्द्र बिश्वकर्मालाई समेत पक्राउ गरी अनुसन्धान भैरहेको इप्रका बेलबारी प्रमुख गुणराज बुढाथोकीले बताए ।