२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

नयाँ बर्षको स्वागत तथा पर्यटन बर्ष २०२० को प्रबर्द्धनका लागि बेलबारीमा यस्ता छन् कार्यक्रम

Author Uttari Morang
मंगलबार, पुष १५, २०७६
नयाँ बर्षको स्वागत तथा पर्यटन बर्ष २०२० को प्रबर्द्धनका लागि बेलबारीमा यस्ता छन् कार्यक्रम

बेलबारी नगरपालिकालाई पर्यटकीय मैत्री नगर घोषणा, नगरपालिकामा भएका पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार, संरक्षण र प्रबर्द्धन गर्दै सफा बेलबारी बनाउने अभियान अन्र्तगत बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको मंगलबार पत्रकार सम्मेलन गरी जनाईएको छ ।

मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक भवनमा आयोजित पत्रकार सम्मेलनमा नेकपा बेलबारीका सचिब रबिन थापाले बेलबारी नगरलाई पुर्बको एउटा राम्रो पर्यटकीय गनतब्य भएको सन्देश दिन र नगरलाई फोहोर मुक्त बनाउँदै पर्यटन बर्षलाई सफल बनाउन यो अभियान सञ्चालन गरिएको बताए ।

कार्यक्रममा नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदीले सो अभियान नेकपाको मात्र नभएर सबै बेलबारीबासीको भएको बताए । कुनैपनि कार्यक्रममा नेतृत्वकर्ता आबश्यक भएकोले आफुहरुले आयोजना मात्र गरेको तर सबैको सामुहिक कार्यक्रम रहेको भन्दै उनले यो कार्यक्रम सफल बनाईदिन सबैलाइ आब्हान गरे ।

बुधबार बिहान चिसाङ खोलादेखि पश्चिम र किस्तीखोला सम्मको राजमार्ग सरसफाई गरिने र बेतना सिमसार क्षेत्रमा कार्यक्रम समापन गरिने नेकपा बेलबारीले जनाएको छ । पर्यटन बर्षको प्रबर्द्धनका लागि बेलबारी नगरमा आउने पर्यटकहरुलाई स्वागत, पर्यटकीय स्थलहरुको प्रचरात्मक सामाग्री प्रर्दशन र सरसफाई जस्ता कार्यक्रम रहेको आयोजकले जनाएको छ ।