२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

साउदी अरबमा पनि बिस्तार भो मोरङसुनसरी सेवा समाजको शाखा

Author Uttari Morang
बिहिबार, पुष १७, २०७६
साउदी अरबमा पनि बिस्तार भो मोरङसुनसरी सेवा समाजको शाखा

नेपाल वाहिर कार्यरत मोरङ सुनसरी जिल्लावासीहरुको साझा संस्था मोरङ सुनसरी सेवा समाजको सातौ शाखा साउदी अरवमा पनि  स्थापना भएको छ ।

साउदी अरवमा गठित  मोरङ सुनसरी सेवा समाजको संस्थापक संयोजकमा सुनसरी ईटहरीका हेम सुवेदी रहेका छन् । उपाध्यक्षहरु देश वहादुर खड्का, गणेश पोखरेल, सचिव सुजनसेर राई, कोषाध्यक्ष राज लिम्वु रहेका छन् । सदस्यहरुमा पुरुसोत्तम दाहाल कुमार आचार्य सुरेन्द्र मोक्तान पे्रम सुवेदी नेत्र खतिवडा र राजेन्द्र लिम्वु रहेका छन् । त्यसैगरी प्रारम्भिक भेलाले ५ सल्लाहकारहरु समेत चयन गरेको छ । जसमा कुमार कार्की, विमल गौतम, घनेन्द्र आम्वुहांग नगेश तामांग समिर लिम्वु रहेका छन् ।

जिल्ला प्रशासन कार्यलय मोरङमा दर्ता भई वैदेशिक रोजगार, व्यवसाय र अध्ययनका लागि नेपाल वाहिर वसोवास गर्ने मोरङ र सुनसरी जिल्लावासीहरुको साझा संस्था सन् २००१, मार्च २ मा कतारमा स्थापना भएको थियो ।

सो संस्थाको सातौं शाखाको रुपमा साउदी शाखा स्थापना भएको जानकारी मोरङ सुनसरी सेवा समाजका केन्द्रिय अध्यक्ष लोक वहादुर तामाङले जानकारी दिए ।

मोसुले सामाजिक क्षेत्रमा कार्य गर्दै विदेशमा सिकेको सिप, पुँजी, प्रविधिलाई नेपालमा स्थानान्तरण गर्ने कार्य गरिरहेको छ। मेरंग र सुनसरीका विभिन्न क्षेत्रमा सामाजिक अभियान संचालन गर्दै आईरहेको यो संस्थाले उद्यमशिलता विकास र व्यक्तित्व विकासलाई जोड दिदैं आएको छ । विदेशमा रहेका नेपालीहरुले सिकेको सिप र कमाएको पुँजीलाई एकिकृत गरि विभिन्न व्यवसायिक संस्थाहरु स्थापना गरि सदस्यहरुको जीवनस्तर उकास्ने कार्यलाई तदारुकताका साथ अगाडी वढाउदै आएके छ ।

संस्थाका सदस्यहरुको अग्रसरतामा ट्रेड भिजन ईन्भेटमेण्ट प्राली, टिम अफ ट्रष्ट वहुउद्देश्यिय कृषि फार्म, सुविधा वचत तथा ऋण सहकारी, रोजगार वचत तथा ऋण सहकारी, आत्मनिर्भर कृषि सहकारी लगायतका व्यवसायिक प्राईभेट र पव्लिक संस्थाहरु संचालन गरिरहेका छन् ।

यसका अलावा मोरंग सुनसरी सेवा समाजले एम्वुलेन्स संचालन, आँखा उपचार शिविर, शैक्षिक कोष संचालन गरि सामाजिक क्षेत्रमा उल्लेख्य कार्य गर्दै आईरहेको छ।

हाल यस संस्थाको केन्द्रिय कार्यलय ईटहरी सुनसरीवाट संचालन छ भने स्थानिय निकायसँगको सहकार्यमा आफ्नै भवन निर्माणको प्रकृयालाई अघि वढाएर कार्य थालनी गरेको छ।