२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

प्याब्सन बेलबारीको प्रथम अधिवेसन सम्पन्न

Author Uttari Morang
शुक्रबार, पुष १८, २०७६
प्याब्सन बेलबारीको प्रथम अधिवेसन सम्पन्न

बेलबारी, माेरङ/ निजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) बेलबारी नगरको प्रथम अधिवेसन सम्पन्न भएको छ ।

बेलबारी नगरपालिका वार्ड न – २ लालभित्तीमा रहेकाे शिक्षा सन्देश ई. स्कुलको सभाहलमा भएको अधिवेसनकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।

साे कार्यक्रममा प्याब्सन माेरङका अध्यक्ष अर्जुन बस्नेत, युवा जागरण अभियानका अध्यक्ष सुजित बस्नेत, एन प्यासन माेरङका सचिव नारायण दाहाल, शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानका अध्यक्ष लक्ष्मणजङ्ग थापा लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बेलबारीलाई शैक्षिकका साथै अन्य क्षेत्रमा पनि माेरङकाे मात्र नभएर सिङ्गाे प्रदेशकै उत्कृष्ट नगरपालिका बनाउने काममा आफूहरु लागि परेकाे वताए ।

साथै प्रमुख अतिथि सुवेदीले नगरकाे शैक्षिक विकासमा संस्थागत विद्यालयकाे पनि महत्वपूर्ण भूमिका रहेकाे बताउदै अझै पनि केही विद्यालयहरु कानुनी दायराभित्र नअाएकाले प्याब्सनले अाफू अावद्ध विद्यालयहरुलाई कानुनी दायराभित्र ल्याउने भूमिका निभाउन आग्रह समेत गरे ।

प्याब्सन माेरङका अध्यक्ष अर्जुन बस्नेतले नयाँ सरकार वनेपछि लामाे समयसम्म निजी वाेर्डिङ स्कुलहरुकाे भविष्य के हुने भन्ने अन्याेल रहेपनि शिक्षा ऐन वनेसँगै त्याे अन्याेल हटेर गएकाे वताए । उनले ऐनले संस्थागत विद्यालयहरुकाे लगानीकाे ग्यारेन्टी गरिदिएकाेले अब ढुक्क भएर काम गर्न आग्रह गरे । बस्नेतले अब निजि विद्यालयले अङ्ग्रेजी भाषा मात्र नभएर गुणष्तरीय शिक्षा दिनमा लाग्नु पर्ने कुरामा जाेड दिए ।

साे अवसरमा एन प्याब्सनका माेरङ जिल्ला सचिव नारायण दाहाल, प्याब्सन माेरङका काेषाध्यक्ष जगत बस्नेत लगायतले शसभकामना मन्तव्य राखेका थिए । प्याब्सन बेलबारीका अध्यक्ष भूपाल बस्नेतकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन भने सचिव महेन्द्र गिरीले गरेका थिए ।