२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

बेलबारी जेसिसको चाैथाे वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा राजेश खत्री चयन

Author Uttari Morang
शनिबार, पुष १९, २०७६
बेलबारी जेसिसको चाैथाे वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा राजेश खत्री चयन

केशु विरही, बेलबारी, माेरङ/ पटक पटक उत्कृष्ट शाखाकाे रुपमा पुरस्कृत बेलबारी जेसिसले शनिबार एक कार्यक्रमविच चाैथाे वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ ।

बेतना सिमसारकाे सभाहलमा कार्यक्रमकाे आयाेजना गरेर आफ्नाे चाैथाे वार्षिक साधारणसभा गरेकाे हाे । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले वार्षिक साधारणसभाकाे उद्घाटन गरेका थिए ।

साे कार्यक्रममा बेलबारी नगरपालिकाका प्रवक्ता एवम् उद्याेग वाणिज्य सङ्घ बेलबारीका अध्यक्ष याेगेन्द्र सुवेदी, उद्याेग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेशजङ्ग कार्की, बेलबारी जेसिसका पुर्व  अध्यक्षहरु माधवराज थापा, अध्यक्ष राजन प्रसाईं, नेपाल जेसिसका पूर्व कार्यकारी उपाध्यक्ष अमिश ढकाल, विराटचाेक जेसिसका पूर्व अध्यक्ष डिल्लीप्रसाद ढकाल लगायतकाे सहभागिता रहेकाे थियाे । उनीहरूले साधारणसभाकाे सफलताकाे शुभकामना समेेत दिएका थिए ।

 राजेश खत्री बने बेलबारी जेसिसको अध्यक्ष  

बेलबारी जेसिसकाे शनिबारकै बन्द सत्रले राजेश खत्रीकाे अध्यक्षतामा नयाँ कार्यसमितिकाे चयन गरेकाे छ ।

केही दिन अघिसम्म मात्र पनि वर्ष २०२० अध्यक्ष काे बन्ने भन्ने बारेमा ठूलै अन्याेल देखिएकाे थियाे ।  राजेन्द्रबहादुर अधिकारी र राजेश खत्रीविच चुनाव हुन बजारमा चर्चा चलेपनि अन्तत सर्वसम्मत रुपमै राजेश खत्री वर्ष २०२० का लागि अध्यक्ष घाेषित भएका थिए ।

साथै बेलबारी जेसिजको चौथो साधारणसभाबाट बर्ष २०२० का लागि कार्यकारीणि उपाध्यक्ष द्वय बिपिन आचार्य, धुर्बतारा घिमिरे चयन भएका छन भने उपाध्यक्षहरु सुनिता हुमागाई तिवारी, सन्तोष भट्टराई, अच्युत पौडेल, बिराज न्यौपाने चुनिएका छन् ।

चाँडै विशेष कार्यक्रम गरेर नयाँ कार्य समितिकाे पदस्थापना गरिने बेलबारी जेसिसका अध्यक्ष दिपेन्द्र खुलालले जानकारी दिए ।

निर्धारित समयभन्दा ३ घण्टा ढिलाे भो अधिबेशन

जेसिसले ताेकेकै समयमा कार्यक्रम सुरु गर्दै आफूलाई समयकाे महत्व बुझ्ने संस्थाकाे रुपमा उभ्याउदै आएकाे थियाे तर यसपटकबाट भने बेलबारी जेसिसले त्याे दावालाई पूरा गर्न सकेन ।

बिहान १० बजे कार्यक्रम उद्घाटन गर्ने भनेर पत्रचार गरिएकाेमा ११ बजे कार्यक्रमस्थल बेतना सिमसार पुग्दा त्यहाँ कार्यसमितिका मुख्य मानिसहरु पुगेकै थिएनन् । त्यसबेला आमन्त्रित अतिथिहरु पनि त्यतिकै फर्किने कि के गर्ने भनेर दुविधामा थिए ।

१२ बजेतिर आयाेजकहरु भेला त भए तर कार्यक्रम सुरु गर्दा झण्डै १ बजेकाे थियाे । उपस्थित केहीले त त्याे ब्यानरमा लेखिएकाे १० काे जिराे हटाएर १ वनाउनु भनेर ब्यङ्ग्य समेत गर्न भ्याएका थिए ।यसरी हामी अरुभन्दा फरक छाैँ, हामी विधिकाे शासन मान्छु भन्ने संस्थाले नै निर्धारित समयमा कार्यक्रम सुरु नगर्नु दुखद भएकाे आमन्त्रितहरुको टिप्पणी थियो ।