२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेलबारीका ठाउँ ठाउँमा पाठेघर जाँच तथा उपचार शिविर, ३० जनामा देखियो पाठेघरको समस्या

Author Uttari Morang
बिहिबार, पुष २४, २०७६
बेलबारीका ठाउँ ठाउँमा पाठेघर जाँच तथा उपचार शिविर, ३० जनामा देखियो पाठेघरको समस्या

बेलबारी नगरपालिकाले आयोजना गरेको तीनदिने पाठेघर जाँँच सम्बन्धि स्वास्थ्य शिबिरवाट साढेे ४ सय महिलाले सेवा लिएका छन् ।

नगरपालिकाकाले महिलाहरुको पाठेघर जाँच तथा सो सम्बन्धि कुनै समस्याको निशुल्क उपचारका गर्ने गरी आइतबारदेखि चार  दिने शिबिर सञ्चालन गरेको थियो ।
शिविरका क्रममा आइतबार बाहुनी स्वास्थ्य चौकीमा १ सय ९१ जना महिलाको पाठेघर परिक्षण गरिएको थियो । जसमध्ये १ जनामा पाठेघरको मुखमा हुने घाउ (भिआइए पाेजेटिभ) भेटिएको छ । यस्तै डांँगीहाट स्वास्थ्य चौकीमा सोमबार १ सय भन्दा बढी महिलाहरुको स्वास्थ्य परिक्षण गर्दा ३ जनामा भिआइए पाेजेटिभ   भेटिएको छ । बेलबारी स्वास्थय चौकीमा १ सय ५४ जनाको परिक्षण गर्दा ५ जनामा भिपोइए जेटिभ भेटिएको नगरपालिकाका स्वास्थ्य शाखाका हेल्थ असिसेटन्ट  सन्तोष बिश्वकर्माले बताए । बिहीबार  कसेनी स्वास्थ्य चौकीमा शिविर आयोोजना भएको छ ।

बिश्वकर्माका अनुसार महिलाहरुमा आङ खस्ने समस्या समेत बढ्दै गइरहेको छ । १५ जनामा आङ खस्ने समस्याका विरामी भेटिएको र ७ जनालाई रिङ पेसरी समेत राखि सकिएको विश्वकर्माले जानकारी दिए । विरामीहरुलाई नगरपालिकाले औषधि समेत निशुल्क दिने गरेको छ ।

केहि दिन अघि नगरपालिकाकै सहयोगमा लालिगुरांँस बचत तथा ऋण सहकारी संस्थाले गरेको शिबिरमा १ सय १५ जनाको परिक्षण गरिएकोमा १ जनामा पाठेघरको मुखमा हुने घाउ (भिआइए पाेजेटिभ)  देखिएकाे छ । अरु ३ जनामा पाठेघर खसेकाे समस्या, २ जनामा पाठेघरकाे संक्रमण र ३ जनामा पिसावकाे संक्रमणको समस्या भेटिएकाे थियो ।

मोरङको बेलबारी नगरपालिकाले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परिक्षण गर्न थालेको छ । सोमवार वाहुनी प्राथमिक स्वास्थ्य केन्द्र ३ सय जना भन्दा वढीको शिबिरवाट सेवा लिएका छन् ।

पाठेघरको मुखमा हुने क्यान्सरको कारण बिश्वमा बर्षेनी ५ लाख र नेपालमा बर्सेनी दुई हजार महिलाहरुको मृत्यु हुने गरेको छ ।डाक्टरले पाँच बर्षमा एकपटक पाठेघरको जाँच गर्न सुझाव दिएका छन् ।