२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

खदम हिल सहकारी र मोसु समाजको आयोजनामा केराबारीमा रक्तदान, १०८ प्रिन्ट रगत संकलन

Author Uttari Morang
बिहिबार, माघ ०९, २०७६
खदम हिल सहकारी र मोसु समाजको आयोजनामा केराबारीमा रक्तदान, १०८ प्रिन्ट रगत संकलन

मोरङ केराबारी १० स्थित खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. र मोरङसुनसरी सेवा समाज नेपालको संयुक्त आयोजनामा केराबारीमा भएको रक्तदान कार्यक्रममा ९३ पुरुष र १५ महिला गरी १ सय ८ जनाले रगत दान गरेका छन् । 

अस्पतालहरुमा बारम्बार भइरहने रगत अभाव कम गर्ने  र अत्यावश्यक परेको बेला सहज रूपमा रगत उपलब्ध गराउने  अभिप्रायले आयोजित रक्तदान कार्यक्रममा बिहीबार १ सय ८ प्रिन्ट रगत संकलन भएको हो ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राबिधिक सहयोगमा केराबारीस्थित खदम हिल सहकारीको कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा केराबारी गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्की, उपाध्यक्ष शान्ति कुमारी भुजेल, मोरङसुनसरी सेवा समाजका अध्यक्ष लोकबहादुर तामाङ, खदम हिल सहकारीका अध्यक्ष रोहित कुमार कटुवाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।