२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बिराटचोकमा एक रुपैयाँमै पाइन थाल्यो चिया, चिया पिउनेहरुको भिड

Author Uttari Morang
आइतबार, माघ १२, २०७६
बिराटचोकमा एक रुपैयाँमै पाइन थाल्यो चिया, चिया पिउनेहरुको भिड

मोरङ सुन्दरहरैंचास्थित विराटचोकमा १ रुपैयाँ कपमा चिया बेच्न  थालिएको छ ।

सुन्दरहरैचामा रहेको यम बुद्ध क्रिकेट क्लबले धुर्मुस सुन्तली फाउन्डेसन मार्फत निर्माण भईरहेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ एक रुपैयाँमा चिया बेच्न थालेको हो ।

आइतबारदेखि शुरु भई ७ दिनसम्म सञ्चालन हुने अभियानबाट संकलन भएको रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिने संस्थाका अध्यक्ष सेमन्त खतिवडाले बताए ।
अभियानमा सुन्दरहरैंचाका विभिन्न व्यक्ति तथा संघ संस्थाले थप नगद सहयोग गरेका छन् । कार्यक्रमबाट लाखौं रकम सकंलन हुने अपेक्षा गरिएको छ ।

जाडोको समयमा चिया बढी बिक्री भइ रहेको र उल्लेख्य सहयोग पनि  जुटिरहेकोले अभियानमा साथ दिन आयोजकले सबैमा अनुुुरोध गरेका छन् ।